२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

लगातारको अविरल वर्षाका कारण देसभर जनजीवन प्रभावित

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ २३, २०८१

सिन्धुली । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षाका कारण बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा पहिरो खसेर यातायात अवरुद्ध हुनुका साथै ग्रामीण सडकसमेत प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले पहिरोका कारण बिहानदेखि नै अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग जेसिबी लगाई पहिरो पन्छाएर दिउँसोदेखि यातायात सञ्चालन भएको बताउनुभयो ।

प्रहरीका अनुसार बिपी राजमार्गको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटको सडकमा माथिबाट लेदोसहित आएको पहिरो सडकमा थुप्रिँदा यातायात अवरुद्ध भएको थियो । त्यस्तै मध्यपहाडी लोकमार्गको गोलन्जोर गाउँपालिका–६ स्थित अक्करे भिरमा माथिबाट ढुङ्गामाटो र लेदोसहितको पहिरो सडकमा थुप्रिँदा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अवरुद्ध दुवै राजमार्ग पुनः सञ्चालन गर्न स्थानीय तहसँग समन्वय गरी जेसिबीद्वारा पहिरो पन्छाउने काम गरेको प्रहरीले जनाएको छ । त्यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत नै सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सोखुखोलामा बाढीका कारण यातायात अवरुद्ध भएको प्रहरीको भनाइ छ ।

वर्षाका कारण जिल्ला सदरमुकामदेखि विभिन्न ग्रामीण सडक प्रभावित भएको बताइएको छ । बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा पूर्वी तराईका जिल्लासहित सिन्धुली जिल्लाको पूर्वी पहाडी क्षेत्र ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, खोटाङ र उदयपुर जिल्लाबाट मध्यपहाडी राजमार्ग भएर राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु अलपत्र परेका छन् ।

भोटेकोशीमा पुरिएका दुई जनाको शव फेला

सिन्धुपाल्चोक समाचारदाताका अनुसार भोटेकोशी गाउँपालिका हिन्दीमा निर्माणाधीन इलेक्ट्रो पावर कम्पनी लिमिटेडको भोटेकोशी जलविद्युत् आयोजना–१ (४० मेगावाट) को सुरुङ निर्माण गर्ने क्रममा सुरुङमाथिको स्ल्याब भत्केर पुरिएका दुई जना मजदुर १३ घन्टापछि मृत अवस्थामा फेला परेका छन् ।

ढलानले पुरिएर बेपत्ता भई ज्यान गुमाउनेमा बर्दिया ठाकुर बाबा नगरपालिका–३ का ३० वर्षीय रामदिन थारू र सुमन थारू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी निरञ्जन भट्टराईले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पताल लगिएको छ । शुव्रmबार दिउँसो १ः२५ बजेको समयमा ढलान भत्केर मजदुर पुरिएका थिए ।

सुरक्षा निकायले खोजी र उद्धारका व्रmममा शनिबार बिहान ४ बजे उनीहरूको शव फेला परेको हो । ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू फसेको र निरन्तरको वर्षाका कारण उद्धारमा समस्या भएको थियो ।

घटनास्थलबाट घाइते १० मजदुरलाई उद्धार गरी स्थानीय अस्पतालमा उपचार असम्भव भएपछि धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । चार जनाको अवस्था गम्भीर छ । घाइते हुनेमा बर्दिया बाराबर्दिया नगरपालिकाका लहानु थारू, दुर्गा चौधरी, दोलखा कालिञ्चोकका आइतबहादुर थामी, विजय थामी, दीपक थामी, गोपाल थामी, आइतमान थामी, पदमबहादुर थामी, रोल्पा लिबाङ नगरपालिकाका शासन रोकामगर र दोलखा वैतेश्वर गाउँपालिकाका रामचन्द्र रिमाल छन् ।

वर्षाले देशभर जनजीवन प्रभावित

सिन्धुलीमाढी, असार २३ गते । सिन्धुली जिल्लामा शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षाका कारण बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा पहिरो खसेर यातायात अवरुद्ध हुनुका साथै ग्रामीण सडकसमेत प्रभावित भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले पहिरोका कारण बिहानदेखि नै अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग जेसिबी लगाई पहिरो पन्छाएर दिउँसोदेखि यातायात सञ्चालन भएको बताउनुभयो ।

प्रहरीका अनुसार बिपी राजमार्गको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटको सडकमा माथिबाट लेदोसहित आएको पहिरो सडकमा थुप्रिँदा यातायात अवरुद्ध भएको थियो । त्यस्तै मध्यपहाडी लोकमार्गको गोलन्जोर गाउँपालिका–६ स्थित अक्करे भिरमा माथिबाट ढुङ्गामाटो र लेदोसहितको पहिरो सडकमा थुप्रिँदा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अवरुद्ध दुवै राजमार्ग पुनः सञ्चालन गर्न स्थानीय तहसँग समन्वय गरी जेसिबीद्वारा पहिरो पन्छाउने काम गरेको प्रहरीले जनाएको छ । त्यस्तै मध्यपहाडी लोकमार्ग अन्तर्गत नै सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सोखुखोलामा बाढीका कारण यातायात अवरुद्ध भएको प्रहरीको भनाइ छ ।

वर्षाका कारण जिल्ला सदरमुकामदेखि विभिन्न ग्रामीण सडक प्रभावित भएको बताइएको छ । बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा पूर्वी तराईका जिल्लासहित सिन्धुली जिल्लाको पूर्वी पहाडी क्षेत्र ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, खोटाङ र उदयपुर जिल्लाबाट मध्यपहाडी राजमार्ग भएर राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु अलपत्र परेका छन् ।

भोटेकोशीमा पुरिएका दुई जनाको शव फेला

सिन्धुपाल्चोक समाचारदाताका अनुसार भोटेकोशी गाउँपालिका हिन्दीमा निर्माणाधीन इलेक्ट्रो पावर कम्पनी लिमिटेडको भोटेकोशी जलविद्युत् आयोजना–१ (४० मेगावाट) को सुरुङ निर्माण गर्ने क्रममा सुरुङमाथिको स्ल्याब भत्केर पुरिएका दुई जना मजदुर १३ घन्टापछि मृत अवस्थामा फेला परेका छन् ।
ढलानले पुरिएर बेपत्ता भई ज्यान गुमाउनेमा बर्दिया ठाकुर बाबा नगरपालिका–३ का ३० वर्षीय रामदिन थारू र सुमन थारू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी निरञ्जन भट्टराईले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पताल लगिएको छ । शुव्रmबार दिउँसो १ः२५ बजेको समयमा ढलान भत्केर मजदुर पुरिएका थिए ।

सुरक्षा निकायले खोजी र उद्धारका व्रmममा शनिबार बिहान ४ बजे उनीहरूको शव फेला परेको हो । ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू फसेको र निरन्तरको वर्षाका कारण उद्धारमा समस्या भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।