२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

भिजिट भिसामा विदेश पठाएको आरोपमा गृहमन्त्रालयका एकजना कर्मचारी पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ २७, २०८१

 

काठमाडौं । गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मानिस विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कर्मचारी निर्मल विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृहसचिव एकनारायण अर्याल लगायतसँग कुरा भइसकेको छ’ भन्दै गत असार २१ गते थाइल्याण्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीलाई टेलिफोनबाट दबाब दिएको आरोप छ।

प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको संलग्नता खुलेको गृह मन्त्रालयले जनाएको छ।

गृहमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको भन्दै गृहसचिव अर्यालले असार २५ गते विष्टलाई सेवाबाट हटाएका थिए। तर उनले जागिर थमौतीका लागि भन्दै गृहमन्त्री लामिछानेलाई भेटेका थिए।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीको जिम्मा लगाएर पठाइएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ। विष्टलाई मानब बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो। विष्ट २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।