२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपाल प्रहरी श्रीमती संघद्वारा बाल सुधार गृहमा नि:शुल्क स्वास्थ्य शिविर फलफूल वितरण

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २९, २०८१

 

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोगमा कास्कीको सराङकोट स्थित रहेको बाल सुधार गृहमा नि:शुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
“सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै संघले उक्त सुधार गृहमा रहेका बालकहरुको नियमित स्वास्थ्य जाँचलाई निरन्तरता दिने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुवँरज्युको प्रमुख आतिथ्यता साथै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहज्युको विशेष आतिथ्यता सम्पन्न भएको थियोे। नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी उपाध्यक्ष अप्सरा खत्रीको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमलाइ संघकी सचिव रविना अर्यालले संचालन गर्नुभएको थियो ।

 

फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर पोखराका छाला रोग विशेषज्ञ डा.अजय कुमार, प्राविधिक प्रहरी निरीक्षक डा. शिशिर कोइराला र क्षेत्रीय क्षयरोग उपचार केन्द्र पोखराका डा.शिशिर पौडेल समेतको चिकित्सक टोलीले सुधार गृहमा रहेका १०० जना बालकहरुको स्वास्थ्य जाँच गरी नि:शुल्क औषधी वितरण गर्नुको साथै स्वास्थ्य परामर्श समेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुवँरले उक्त सुधार गृहमा रहेका बालकहरुलाई विगतमा गरेका गल्तीहरुलाई बिर्सिएर यस सुधार गृहलाई आफ्नो जिबनको सिकाईको पाठशालाको रुपमा लिन आग्रह गर्दे उज्जवल भविष्यको कामना गर्नु भई फलफूल हस्तान्तरण गर्नुभएको थियो ।

 


सोहि अवसरमा बोल्दै उक्त कार्यक्रमका विशेष अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले बाल सुधार गृह सुधार गृह मात्र नभईकन एक विद्यालयको रुपमा रहेको बताउँदै सम्पूर्ण बालकहरुलाई सकरात्मक सोचको बिकास गरी भविष्यमा देशका लागि चाहिने जनशक्तिको रुपमा आफूलाई तयार गर्नुपर्ने बताँउदै नेपाल प्रहरी श्रीमती संघले गरेका यस्ता कार्यक्रमहरुले प्रहरी संगठनको सिर उच्च राखेकोमा संघ प्रति आभार प्रकट समेत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्मा, वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक बोधराज रेग्मी, नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखरा पदाधिकारीहरु, उक्त बाल सुधार गृहका वार्डेन अजय थापा, मनोविमर्शकर्ता ज्योती शर्मा साथै कानुनी अधिकृत बिशेस्वर प्रसाद ढकाल लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।