२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सेवा निवृत्त भएका जिल्ला प्रहरी दाङका डिएसपी जनक मल्लको सम्मानको साथ बिदाई

Logo
(सागर थापा) प्रकाशित आइतबार, आषाढ ३०, २०८१

 

दाङ । नेपाल प्रहरीमा करिब ३० बर्ष अविछिन्‍न देश र जनताको सेवा र सुरक्षामा समर्पित भई सेवा निवृत्त हुन लाग्नु भएका यस जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्लज्यू स-सम्मान बिदाई गरियो ।

 

कार्यक्रमको सुरुवातमा प्रहरी नायव उपरीक्षकज्यूको संक्षिप्त जिवनी सँगै यस जिल्लामा कार्यरत रहदाँ वहाँको अवधारणा र पहलमा सम्पादन भएका महत्वपूर्ण गतिविधिहरुको संक्षिप्त विवरण वाचन गरिएको थियो ।

 

उक्त कार्यक्रमा प्रहरी नायव उपरीक्षकज्यूले सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्नुभएको थियो । सम्बोधनको क्रममा यस जिल्ला प्रहरी कार्यालय दाङको ११ (एघार) महिनाको कार्यकालमा जिल्ला प्रहरी कार्यालय दाङको Second in Command तथा प्रवक्ताको रुपमा खटीई समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका कार्यहरु सम्पन्न गर्ने सन्दर्भमा प्रहरी कर्मचारीहरु बाट प्राप्त साथ र सहयोग प्रति विशेष आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा यस जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । बिदाई भई जान लाग्नु भएकोमा सेवा निवृत्त रहँदासम्म प्रहरी सेवामा उँहाले दर्शाउनु भएको उच्च व्यबसायिक दक्षता, कार्यकुशलता एवम् ईमान्दारिताको कदर गर्दै गर्दै बिदाई कार्यक्रम सम्पन्न भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]