२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ललितपुर प्रहरीले अबैध रूपमा जुवा खेल्ने खेलाउने ५ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन ०१, २०८१

 

काठमाडौं । ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं.१ ईमाडोल रातामकै चोक नजिक रहेको राम बहादुर के.सी.को घर कोठा साजन गिरीले भाडामा लिई संचालन गर्दै आएको मामा भान्जा खाजा घरको भित्र कोठामा अबैध रुपमा जुवा तास खेली खेलाई रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली खटी उक्त स्थानमा जाँदा उक्त खाजा घरको भित्र रहेको साजन गिरीले भाडामा लिएको कोठाको भुईमा जुवा खेलिरहेका ५ जना मानिसहरुलाई निम्न उल्लेखित नगद सहित पक्राउ थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय ललितपुरबाट दिन ६ को अनुमति लिई न्यायिक हिरासतमा राखि थप अनुसन्धान कार्य भई रहेको ।
घटनास्थलबाट बरामद भएका सामानहरु:
 रु.१,८५,३४०।– (एक लाख पचासी हजार तीन सय चालिस रुपैया),
 तास ३ बुक
पक्राउ परेका मानिसहरु:
१. सिन्धुपाल्चोक जिल्ला चौतारा सागाचोकगढी न.पा. वडा नं.१ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न. पा. वडा नं.४ ईमाडोल बस्ने बर्ष २५ को साजन गिरी ।
२. सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गा.पा. वडा नं.८ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न. पा. वडा नं.४ ईमाडोल बस्ने बर्ष ३३ को तस्बिर श्रेष्ठ ।
३. सिन्धुली जिल्ला दुधौली न.पा. वडा नं.८ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न. पा. वडा नं.४ ईमाडोल बस्ने बर्ष ३५ को खेम बहादुर बुढाथोकी ।
४. सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरि गा.पा. वडा नं.३ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न. पा. वडा नं.१ ईमाडोल बस्ने बर्ष ३५ को याङ्बा शेर्पा ।
५. काभ्रेपलाञ्चोक जिल्ला पाचखाल न.पा. वडा नं.११ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न. पा. वडा नं.४ ईमाडोल बस्ने बर्ष ३७ को निल श्रेष्ठ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]