२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरीले २०८१ असारमा जम्मा १४५ मुद्दा दर्ता ९१ जना पक्राउ ५४ पेण्डिङ मुद्दाहरु फर्छौट

Logo
Abc Sanchar प्रकाशित मंगलबार, साउन ०१, २०८१

बाँके प्रहरीले २०८१ असारमा जम्मा १४५ मुद्दा दर्ता ९१ जना पक्राउ ५४ पेण्डिङ मुद्दाहरु फर्छौट

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके आर्थिक बर्ष ६४ जना फरार अपराधी पक्राउ गरीएको, जसबाट ३ बर्ष ३ महिना ११ दिन कैद र ३,१३,७२७/- जरिवाना असूल उपर गरिएको ।

➤ ठाडो उजुरी ४२४ वटा प्राप्त भएको ३५२ फर्छौट भएकोमा १० वटा सम्बन्धित निकायमा पठाईएको र ६२ वटा बाँकी निबेदन फर्छौट प्रक्रियामा रहेको ।

➤ लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्ध रुपमा प्रहरी परिचालन गरी २५ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर लागू औषध सहित १७ जना ओसारपसारकर्ताहरुलाई कानूनी दायरामा ल्याईएको ।

➤ मिति २०८०।०१।२९ गते समुदरानी थारुको घाँटि रेटि हत्या गरी फरार रहेका शैलेन्द्र थारुलाई मिति २०८१।०३।१४ गते पक्राउ गरी कानूनी दायरामा ल्याईएको ।

➤ मिति २०८१।०३।२८ गते हुण्डि कारोबारमा संलग्न ३ जनालाई नगद रु. २४,६२,३१५।- सहित पक्राउ गरी कानूनी दायरामा ल्याईएको ।

➤ मिति २०८१।०३।३० गते २००० ट्याबलेट प्रतिबन्धित औषधी सहित २ जना मानिसहरुलाई पक्राउ गरी थप कारवाहीको लागि औषधी ब्यवस्था बिभाग नेपालगंजमा पठाईएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]