२७ आश्विन २०८३, मंगलबार
13-10-2026 , Tue
×

पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

Logo
रोशन निधी प्रकाशित बुधबार, साउन ०२, २०८१

 

पर्सा । पकहामैनपुर गाउँपालिका वडा नाे.४ धाेबियाटाेल स्थित नसरुदिन मियाको घरमा मिति २०७६-०६-१९ गतेको दिन साझ १७:००बजेको समयमा सोरियम खातुन लाई कुटपिट गरि हत्या गरेर हालसम्म फरार रहि लुकिछिपि बसेको अवस्थामा समसुदिन मिया जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नाे.४ धाेबियाटाेल बस्ने बर्ष ४० को समसुदिन मियालाई मिति २०८१।०३।२८ गते विशेष सूचनाको आधारमा कर्तव्य ज्यान ( ज्यान सम्बन्धी कसूर ) मुद्दामा संलग्न रही हाल सम्म फरार रहेका जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नं.४ बस्ने बर्ष ४० को समसोदिन मियाँलाई लुकीछिपी बस्दै आएको अवस्थामा निजकै गाउँघरबाट पक्राउ गरी ज्यान सम्बन्धी कसूर मुद्दामा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन-५ (पाँच) म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दिपक भारती ले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

घोराही उपमहानगरपालिका कार्यपालिकाले फुटपाथ र सडक अतिक्रमण नगर्न सम्बन्धी सूचना दाङ । चाडपर्व नजिकिएसँगै बजार क्षेत्रमा फुटपाथ र सडक क्षेत्र अतिक्रमण गरी आम नागरिक तथा सवारी साधनको आवागमनमा अवरोध हुने गरी व्यावसायिक गतिविधि सञ्चालन गरेको पाइएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिकाले नियमित बजार व्यवस्थापन तथा आम नागरिकका लागि सडक र फुटपाथ सहजीकरण कार्यक्रम […]

दाङ, । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ दाङको ३२औँ साधारण सभा घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बाघ सिंह केसीको अध्यक्षता तथा १९ नम्बर बाहिनीका बाहिनीपति हरिबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा भूतपूर्व सैनिकहरूको योगदान, अनुभव र सामाजिक उत्तरदायित्वका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा ज्वालादल गणका गणपति सन्तोष थापाको विशिष्ट आतिथ्यता रहेको थियो। […]

घोराहीको दूरसञ्चार चोकमा अजिता कलेक्सन एण्ड कस्मेटिक सञ्चालनमा, प्रियासनद्वारा रिबन काटेर उद्घाटन घोराही,। दाङको घोराही उपमहानगरपालिका–१४ स्थित दूरसञ्चार चोकमा अजिता कलेक्सन एण्ड कस्मेटिक सञ्चालनमा आएको छ। सरोज केसी र अजिता गिरीद्वारा सञ्चालित उक्त कलेक्सनको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै प्रियासनले […]