२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

नेपाल प्रहरीको कल्याणकारी कोषमा ४ अर्ब ७० करोड ३० लाख रुपैयाँ जम्मा

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन ०७, २०८१

काठमाडौं । नेपाल प्रहरीका बहालवाला तथा पूर्वकर्मचारी र तिनका परिवारको स्वास्थ्य, शिक्षा, सहुलियत कर्जा, अनुदान लगायतका काम गर्ने उद्देश्यले स्थापित कोषको रकम आर्थिक वर्ष २०८०र८१ मा झण्डै पौने पाँच अर्ब पुगेको हो ।

आर्थिक वर्ष २०७९र८० मा कल्याणकारी कोषको रकम चार अर्ब २१ करोड ७० लाख रुपैयाँ थियो । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रहरी र आश्रित परिवारका लागि लक्षित गरेर विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले २०५२ सालमा कल्याणकारी कोष स्थापना भएको थियो ।

नेपाली सेना र सशस्त्र प्रहरी बलमा पनि यस्तै किसिमको कल्याणकारी कोषको व्यवस्था छ ।

कोषमा प्रहरी कर्मचारी संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जाँदा आउने रकमको निश्चित प्रतिशत जम्मा हुने गरेको छ ।

त्यस्तै प्रत्येक प्रहरी कर्मचारीबाट मासिक १ हजार रुपैयाँ, कोषबाट सञ्चालित आवास गृह, अतिथि गृह, नेपाल पुलिस हेल्थ क्लब, नेपाल पुलिस क्लब लगायतबाट प्राप्त हुने रकम, कोषका नाममा रहेका जग्गाबाट प्राप्त हुने रकम लगायत पनि आम्दानीका रूपमा दाखिला हुने गरेको छ ।

पछिल्लो आर्थिक वर्षमा कोषको रकमबाट २३ करोड १५ लाख ८५ हजार रुपैयाँ खर्च गरिएकोमा ५१ करोड ३८ लाख ९४ हजार रुपैयाँ आम्दानी भएको प्रहरी प्रवक्ता डीआईजी कार्की बताउँछन् ।

उनका अनुसार, तीमध्ये ४ करोड ८४ लाख ९६ हजार रुपैयाँ कल्याणकारी कार्यक्रममा खर्च भएको छ भने औषधोपचारतर्फ २ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ ।

नयाँ मिसनतर्फ ४ करोड ३४ लाख ४ हजार रुपैयाँ खर्च भएको छ भने मिसनसम्बन्धी तालिम र सेमिनारमा ७ लाख ६१ हजार रुपैयाँ खर्च भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]