२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

सभ्यता पाठशाला घोराही दाङमा फुटबल बिदेशी कोचलाई नियुक्त गरियो

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन ०७, २०८१

 

दाङ । घोराही सभ्यता पाठशालाका विद्यार्थीहरूलाई फुटबल सिकाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फुटबल खेलाडी बनाउनका लागि विदेशी कोचलाई नियुक्त गरिएको हो । जसका लागि मध्य अफ्रिकाका बार्गा विलफ्रेडलाई फुटबल कोचरको रुपमा नियुक्त गरिएको सभ्यता पाठशालाले जनाएको छ । आफ्ना विद्यार्थीहरूलाई फुटबल खेलमा उत्कृष्ट बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बार्गालाई कोचको रुपमा नियुक्त गरेको हो ।

आज एक कार्यक्रमको आयोजना गरी पाठशालाले बार्गा विलफ्रेडसँग सम्झौता गरी नियुक्तिपत्र समेत हस्तान्तरण गरेको विद्यालयका प्रिन्सिपल चेतमान घर्ती मगरले जानकारी दिए । फुटबल कोचरको रूपमा नियुक्त भएसँगै बार्गाले आगामी छ महिनासम्म सभ्यता पाठशालाका विद्यार्थीहरूलाई फुटबल सिकाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]