२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

सभ्यता पाठशाला घोराही दाङमा फुटबल बिदेशी कोचलाई नियुक्त गरियो

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन ०७, २०८१

 

दाङ । घोराही सभ्यता पाठशालाका विद्यार्थीहरूलाई फुटबल सिकाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फुटबल खेलाडी बनाउनका लागि विदेशी कोचलाई नियुक्त गरिएको हो । जसका लागि मध्य अफ्रिकाका बार्गा विलफ्रेडलाई फुटबल कोचरको रुपमा नियुक्त गरिएको सभ्यता पाठशालाले जनाएको छ । आफ्ना विद्यार्थीहरूलाई फुटबल खेलमा उत्कृष्ट बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बार्गालाई कोचको रुपमा नियुक्त गरेको हो ।

आज एक कार्यक्रमको आयोजना गरी पाठशालाले बार्गा विलफ्रेडसँग सम्झौता गरी नियुक्तिपत्र समेत हस्तान्तरण गरेको विद्यालयका प्रिन्सिपल चेतमान घर्ती मगरले जानकारी दिए । फुटबल कोचरको रूपमा नियुक्त भएसँगै बार्गाले आगामी छ महिनासम्म सभ्यता पाठशालाका विद्यार्थीहरूलाई फुटबल सिकाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!