२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न २ जना १० लाख २० हजार अवैध रकमसहित पक्राउ

Logo
रोशन निधी प्रकाशित सोमबार, साउन ०७, २०८१

 

बारा । ईलाका प्रहरी कार्यालय छतवा बाराबाट मिति २०८१-०४-०६ गते अन्दाजी ११:३० बजेको समयमा बिशेश सूचनाको आधारमा प्र.ब.ना.नि.सन्तोष के.सि.को कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला बारा, बिश्रामपुर गाँउपालिका वडा नं.१ घोडासहन नाका स्थितमा फेटा गाउँपालिका वडा नाेमबर -६ पुरैनिया बस्ने अन्दाजी बर्ष ४१ को सैदुल्ला मिया ठकुराई माेटरसाईकल चालक र उक्त मोटरसाईकलमा पछाडि बस्ने ऐ.ऐ. बस्ने अन्दाजी बर्ष २२ को बागर अन्सारी मानिसहरूले ना ३६ प ४५६३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालमा श्रोत नखुलेको रकम ओसार पसार गर्ने क्रममा निजहरूको साथबाट लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली रू. १०,२०,०००।- (दश लाख बिस हजार) सहित पक्राउ गरी हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत बारा, कलैयाबाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दधिराम नेउपानेले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]