२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

चितवन राष्ट्रिय निकुञ्ज भित्र गैँडालाई करेन्ट लगाएर मारेको आरोपमा २ जना पक्राउ

Logo
रिता थापा प्रकाशित मंगलबार, साउन ०८, २०८१

चितवन । भरतपुर महानगरपालिका वडा नं. २६ भगडी भन्ने स्थानमा गएराती करेन्ट लगाएर गैँडा मारेको देखिए पछि २ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको निकुञ्ज स्रोतले जनाएको छ ।

पक्राउ परेकाहरूको नाम भने निकुञ्जले सार्वजनिक गरेको छैन । उनीहरूले बँदेल मार्नका लागि भन्दै तार विद्युतीय धराप थापेको र सोही धरापमा गैँडा परेको देखिएको निकुञ्ज स्रोतले जनाएको छ ।

घटनास्थल नजिकै घन, तार र किला (काँटी) भेटिएको छ । सुकेको मकै बारीमा चर्दै आएको अन्दाजी २० बर्षको पोथी गैँडा विद्युतीय धरापमा परेको थियो । गैँडाको मुखबाट रगतसमेत बगेको थियो ।

गैँडाको पोष्टमार्टम तथा अन्य आवश्यक अनुसन्धान थालिएको निकुञ्जले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]