२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

घोराही तुलसीपुर फोरलेन सडक निर्माणमा सरकार गम्भीर भएन नागरिक समाज दाङको ध्यानाकर्षण

Logo
Abc Sanchar प्रकाशित मंगलबार, साउन ०८, २०८१

 

दाङ । घोराही नागरिक समाज दाङको सोमबार घोराहीमा बसेको बैठकले घोराही–तुलसीपुर सडक निर्माण गर्ने नाममा धराप बनाइ छोडिएिका कारण सडक दुर्घटनाबाट दर्जनौं मानिसको ज्यान जाँदा पनि सडक निर्माणमा सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

समाजका संयोजक नीमबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पहिले गएको ठेक्का रद्द भइसक्दा पनि नयाँ ठेक्का नगएकोमा चिन्ता व्यक्त गर्दै यथाशीघ्र नक्सा डिजाइजन र लागतको काम सम्पन्न गरी पुनः सडक निर्माणको काम सुचारु गर्न आग्रह गरेको छ ।

बैठकले संस्कृत विश्वविद्यालयमा भएको विवाद समाधान गर्न विश्वविद्यालय ऐन २०४३ अनुसार उपकुलपतिबाट अधिकारसम्पन्न जाँचबुझ समिति गठन गरी स्थायी समाधान निकाल्न आग्रह गरेको छ ।

यसैगरी केही सामुदायिक तथा संस्थागत विद्यालयमा लागूपदार्थको दुव्र्यसन बढिरहेको भन्ने समाचार प्रकाशन÷प्रसारण भएको भन्दै सरोकारवाला निकायले अनुगमनको व्यवस्था गरी लागूपदार्थ सेवनलाई पूर्णरुपमा निषेध गर्ने कार्यका लागि सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ ।

२०८० को एसइइ परीक्षामा संस्थागत विद्यालयका तुलनामा सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएकाले सरोकारवालाहरुबीच अन्तक्र्रिया गरी शिक्षालाई नतिजामुखी बनाउनुपर्नेमा बैठकले जोड दिएको छ ।

बैठकले हालै त्रिशुली नदीमा बस खस्दा दिवंगत हुनुभएका नागरिकको चिरशान्तिको कामना गर्दै बसको खोजी कार्यलाई जारी राख्न आग्रह गरेको छ ।

बैठकले घोराही–१७ का थम्मन अधिकारी र गणेश विक तथा वडा नं १५ का भरतमणि पाण्डेयलाई नागरिक समाज दाङको साधारण सदस्यता दिने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]