२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

नेपाल प्रहरी श्रीमती संघद्धारा संघको ४० औं वार्षिकोत्सवको अवसरमा पूर्व अध्यक्षहरु संग अन्तरक्रिया

Logo
(सागर थापा) प्रकाशित बुधबार, साउन ०९, २०८१

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघद्धारा संघको ४० औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा यस संघको स्थापना कालदेखि हाल सम्म नेपाल प्रहरी श्रीमती संघको नेतृत्व वहन गरी महत्वपूर्ण योगदान पुर्याउनु हुने पूर्व अध्यक्षज्यूहरु संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको अध्यक्षतामा सम्पन्न भएको उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका संस्थापक अध्यक्ष श्रीमती बसुन्धरा लामाज्यू, पूर्व अध्यक्षज्यूहरु श्रीमती निर्मला प्रधानज्यू, श्रीमती अंशु थापाज्यू, श्रीमती रीता रानाज्यू, श्रीमती प्रमिला खनालज्यू, श्रीमती ज्ञानु ज्ञवालीज्यू र संघका महासचिव श्रीमती अनुश्री पाख्रीनज्यू, उपाध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, संघका अन्य पदाधिकारीज्यूहरू र प्रहरी कर्मचारीहरू समेतको उपस्थिती रहेको थियो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले आ-आफ्नो कार्यकालमा नेपाल प्रहरी श्रीमती संघमा अमुल्य योगदान पुर्याउनु हुने अग्रज आदरणिय पूर्व अध्यक्षज्यूहरुको अनुभव, सल्लाह, सुझाव र निर्देशनले संघको सेवा प्रवाहको क्षेत्र र स्तरोन्नतिमा थप टेवा पुग्ने र यस कार्यक्रम अन्तरक्रियामा मात्र सिमित नरहेर यस संघको ४० औं वार्षिकोत्सवको अवसरमा मिति २०८१।०५।०४ गते प्रकाशन हुने २० औं अंक सहचरी स्मारिकामा समेत प्रकाशन भई आगामी पिडीहरुको लागि लिखित मार्ग निर्देशनको रुपमा रहने कुरा बताउनु भयो ।

साथै उक्त कार्यक्रमको संचालन संघका कोषाध्यक्ष श्रीमती कल्पना गिरीज्यू र उपाध्यक्ष श्रीमती विन्दु अधिकारी ढकालज्यूले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।