२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नक्कली प्रहरी बनी मोटरसाईकल चोर्ने र सर्वसाधारसंग रमक ठग्ने व्यक्ति पक्राउ

Logo
रोशन निधी प्रकाशित बुधबार, साउन ०९, २०८१

 

बारा । महागढिमाई नगरपालिका वडा नं.०८ जोलगावा बस्ने वर्ष ५५ को सिताराम राय यादवको नाममा दर्ता रहेको ना ४ प २२१२ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल जिल्ला बारा फेटा गाउँपालिका वडा नाे.७ बस्ने सहाबुदिन अन्सारीले म प्रहरी हो ईमरजेन्सी छ एक छिनको लागी मोटरसाईकल दिनुस भनि प्रहरीको भ्रममा पारी उक्त मोटरसाईकल लिई फरार भएको र सोही मोटरसाईकलको प्रयोग गरी बिभिन्न मानिसहरूसंग घुमी घुमी प्रहरीकै भ्रममा पारी पैसा ठग्ने जस्ता कार्य गर्ने गरेको निवेदन यस कार्यालयमा प्राप्त२ हुन आएको हुँदा उक्त नक्कली प्रहरीलाई पक्राउ गर्नेको लागी यस कार्यालय तथा ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोली द्वारा मिति २०८१ श्रावण ०७ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाराबाट चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत बारा, कलैयाबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
साथै यस्ता किसिमको घटनामा अन्य व्यक्तिहरूसंग पनि हुनसक्ने भएकोले ठगीमा पर्नु भएका व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय, बारामा सम्पर्क गरी जाहेरी दरखास्त दिनको लागी समेत अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दधिराम नेउपानेले जानकारी गराउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]