२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित १० मन्त्रीहरुले १० बजे शपथ ग्रहण लिँदै

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन ०९, २०८१

काठमाडौं । लुम्बिनीको मुख्यमन्त्रीमा सोमबार चेतनारायण आचार्य नियुक्त भएका हुन् । उनीहरुको अहिले बिहान १० बजे सपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमति यसअघि गरेका छन् । सोमबार मुख्यमन्त्रीको नियुक्ति भएपनि दुवै दलबाट मन्त्री हुने आकांक्षी बढी भएकाले बुधबारलाई शपथको समय सारिएको हो ।

मंगलबार राती मात्रै दुवै दलले मन्त्रीको नाम टुंगो लगाएकाे हाे । एमालेका केन्द्रीय सदस्य तथा मन्त्रीमा नाम सिफारिस भएका भूमिश्वर ढकालका अनुसार मन्त्री हुनेहरुमा यसअघि नेकपा माओवादी केन्द्रसंगको गठबन्धनमा मन्त्री भएका २ जना मन्त्री भए भने उक्त मन्त्री परिषदका २ जना बाहिरिएका छन् । यसपटक रुपन्देहीका भुमिश्वर ढकाल र गुल्मीका दिनेश पन्थी दोहोरिएका छन् ।

यसअघि ढकाल जोखबहादुर महराको नेतृत्वको सरकारमा सहरी बिकासमन्त्री, पन्थी आन्तरिक मामिलामन्त्री थिए । त्यसैगरी पाल्पाका खेमबहादुर सारु र दाङकी सीता शर्मा मन्त्रीमा नयाँ अनुहार हुन् ।

यस्तै, यसैगरी नेपाली कांग्रेसबाट पनि ५ मन्त्रीले सँगै शपथ लिनेछन् । मंगलबार राती कांग्रेसले बर्दियाका जन्मजय तिमिलसिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम
न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

दुवै दलले आज मन्त्री छान्न ढिलाई गरेकाले बुधबार बिहान बिनाविभागीय रुपमा शपथ लिने र बिहीबार मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ ।

कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुनु् भने अरु सबै नयाँ हुन् ।
लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा सोमबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले सरकारलाई समर्थन गर्ने जनाएपनि अहिलेसम्म कतै सहभागी छैनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!