२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

खुमबहादुरको छोरालाई मन्त्री हुनबाट मैले रोक्न कुनै निर्बाह गरेको छैन : नेता डिल्ली चौधरी

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन ०९, २०८१

 

दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नयाँ प्रदेश सरकार गठनमा कसैलाई रोक्ने वा छेक्ने भूमिकामा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाएका छन्।

काँग्रेस र नेकपा एमालेको नयाँ समीकरणसँगै लुम्बिनी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने भएको छ। योसँगै काँग्रेस अहिलेका लागि एमालेको सत्ता साझेदार हो। योसँगै अहिले एमाले र काँग्रेसले सरकारमा पठाउने मन्त्रीहरू छनोटमा व्यस्त छन्।

यही क्रममा नेपाली काँग्रेसका संसदीय दलका नेतासमेत रहेका चौधरीले काँग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा अनुरागलाई मन्त्री बन्न नदिन दौडधूप गरिरहेको समाचारहरू प्रकाशित भएका थिए। चौधरीले यसलाई भ्रमपूर्ण समाचार भनेर खण्डन गरेका छन्।

‘नेताहरूबीच पारिवारिक, राजनीतिक, सामाजिक कुनै पनि बेमेल छैन। दलका नेता चौधरीले स्वर्गीय नेता खड्कालाई राजनीतिक तथा सामाजिकारुपमा आदर सम्मान गर्ने व्यक्तिमा राख्दै आउनुभएको छ’, उनको सचिवालयले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको ‘सरकार बनाउने, मन्त्री बनाउने विषय पार्टी र संसदीय दलको कुरा हो। प्रदेशसभा सदस्यहरु सबै जना मन्त्रीका योग्य हुनुहुन्छ। संसदीय दल भित्रको छलफलबाट नै सरकारमा सहभागिता र जिम्मेवारी तोकिन्छ।’

उनले आफू व्यक्तिगतरुपमा कसैलाई मन्त्री बनाउने वा नबनाउने भनेर कहिँकतै भूमिका नखेलेको पनि प्रष्ट पार्दै भनेका छन्, ‘यो पार्टीले गर्ने निर्णय हो। कसैलाई मन्त्री बनाउने वा नबनाउने भन्ने कसैको व्यक्तिगत कुरा हुनैसक्दैन।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]