२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

तपस्वी रामबहादुर बम्जनलाई साधारण तारेखमा नुवाकोट अदालतले रिहा गर्यो

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन ०९, २०८१

 

नुवाकोट । महिला बेपत्ता बनाएको मुद्दामा १५ वर्ष कैद सजायको माग गरिएका ‘तपस्वी’ भनिएका रामबहादुर बम्जनलाई नुवाकोट जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ। उनलाई छुट्टै मुद्दा दायरका लागि सिन्धुपाल्चोक लगिएको छ।

नुवाकोट प्रहरीले व्यक्ति बेपत्ता सम्बन्धी कसुरमा आरोपित बम्जनमाथि १५ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ जरिवानाको माग गर्दै मुद्दा दायर गरेको थियो। जिल्ला अदालतमा थुनछेक बहसपछि जिल्ला न्यायाधीश सुभाषवावु पुरीको इजलासले बम्जनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।

प्रहरीले बम्जनलाई ढुंगेस्थित नुवाकोट जिल्ला कारागारमा तीन सातासम्म राखेर अनुसन्धान गरेको थियो। उनको पटकरपटक सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिइएको थियो।

२०६९ सालमा नुवाकोटको म्यागङ गाउँपालिका–३ की २० वर्षीया एक महिलालाई आश्रमबाटै बेपत्ता बनाएको उजुरीमाथि बम्जनमाथि मुद्दा दायर गरिएको थियो। सर्लाही जिल्ला अदालतले बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै उनलाई १० वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

नुवाकोटको म्यागङकी महिला बेपत्ता बनाएको छुट्टै उजुरीमाथि छानबिन र बयानका लागि बम्जनलाई प्रहरीको विशेष टोलीले तीन साता अगाडि महोत्तरी हुँदै नुवाकोट ल्याएको थियो। कडा सुरक्षाको साथ उनलाई सिन्धुपाल्चोक पठाइएको छ।

प्रमुख बुँदाहरू :
नुवाकोट जिल्ला अदालतले रामबहादुर बम्जनलाई साधारण तारेखमा रिहा गर्‍यो।

१५ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ जरिवानाको माग गरिएको थियो।

ढुंगेस्थित नुवाकोट जिल्ला कारागारमा तीन हप्ता राखेर अनुसन्धान गरियो।

२०६९ सालमा महिला बेपत्ता बनाएको उजुरीमा मुद्दा दायर गरिएको थियो।

बम्जनलाई सिन्धुपाल्चोक पठाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]