२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

नेपाल प्रहरी अस्पतालकी प्रमुख एआइजी डा.आशा सिंहले बुधबारदेखि अवकाशमा

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन ०९, २०८१

 

काठमाडौं । उमेरहदका कारण उनले अवकाश पाएकी हुन् । प्रहरी प्रधान कार्यालयले उनको बिदाई गरेको छ ।डा.सिंहले आफ्ना कार्यकालमा अस्पताललाई अघि बढाउन केही प्रगति गरेपनि कमिसनमोहका कारण उनी सधैं विवादमा परिरहिन् ।

हरेक ठेक्कामा श्रीमानमार्फत डिल गरेको आरोप उनीमाथि लाग्यो । उनको अवकाशपछि अस्पतालको प्रमुख बन्नका लागि प्रतिस्पर्धा सुरु भइसकेको छ ।मुख्यगरी दुई डिआइजीबीच एआइजी बढुवामा संघर्ष छ । डिआइजी सुन्दर हाइजु र संजय बिक्रम श्रेष्ठबीच एआइजी बढुवामा प्रतिस्पर्धा छ ।

गत सातौ नै प्रहरी प्रधान कार्यालयले संजयलाई बढुवाको तयारी गरेपछि हाइजुले आफु सिनियर भएको भन्दै आफ्नो बढुवाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकोमा पुगेपछि बढुवा रोकिएको थियो ।हाइजु सिनियर भएपनि कार्यक्षमताको दृष्टिकोणले श्रेष्ठ अब्बल रहेकाले उनको बढुवाको पक्षमा प्रहरी अधिकारी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]