२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या घरमा काम गर्ने युवकबाट भएको प्रहरीको अनुसन्धानबाट पुष्ठि

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन ०९, २०८१

 

सर्लाही । रामचन्द्र रायको हत्या उनकै घरमा काम गर्ने २१ वर्षीय युवक रामउजैन रायबाट भएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको हो ।

हत्या गर्दा ती युवकले लगाएका कपडाहरु समेत लुकाएको अवस्थामा बरामद गरिएको प्रहरी स्रोतले जानकारी दियो । रगत लागेको अवस्थामा ती कपडाहरु बरामद भएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीकै तालिम प्राप्त कुकुरले गरेको सहायताले हत्यामा प्रयोग गरिएको घरेलु हतियार बरामद भएको थियो ।

यसअघि पूर्वराज्यमन्त्री रायको हत्या भएको राति साढे ९ बजेतिर रायको घरमा तीन जना मान्छे जग्गाको विवाद मिलाइदिन भन्दै आएको बयान राम उजैनले प्रहरी समक्ष दिएका थिए ।

त्यसपछि ती तीन जना व्यक्तिबाट हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गर्दा तीन जना व्यक्ति नआएको र रामउजैनले नै हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

व्यक्तिगत रिसइबीका कारण हत्या भएको बताइए पनि थप अनुसन्धान जारी रहेकाले अहिले केही बताउन नमिल्ने प्रहरी स्रोतले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि सीआईबीबाट इन्सपेक्टरसहतिको टोली समेत खटिएको थियो । जिल्ला र मधेश प्रदेशबाट समेत टोली खटिएर घटनाको अनुसन्धान गरेका थिए ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ मा खेती लगाउन गएका बेला आइतबार राति उनको हत्या भएको थियो । ८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]