२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

नागरिक पत्रकारिताकाे कुरा के हो ?

Logo
पाण्ड्ब शर्मा प्रकाशित बिहिबार, साउन १०, २०८१

दाङ । संसारमा पत्रकारिताको सुरूवात प्राचीन समयदेखि नै भएको मानिन्छ। यद्यपि आधुनिक पत्रकारिताको सुरुवात १६ औं शताब्दीमा भएको मानिन्छ।

प्राचिन समयमा पत्रकारिता माैखिक थियाे । जस्ताेकी हाम्राे पूर्वीय सभ्यतामा नारदमुनी घरघरमा पुगेर एक अर्काकाे खबर आदानप्रदान गर्दथे ।

आधुनिक पत्रकारिता छापा माध्यमबाट शुरू भएकाे थियाे । तर, अहिले पत्रकारितामा आमूल परिवर्तन आएको छ। सूचना प्रविधिको तीव्र विकासले आम नागरिकलाई पत्रकार बनाइदिएको छ।

पत्रकारिताकै भाषामा भन्ने हो भने यसलाई “नागरिक पत्रकारिता” भन्न सकिन्छ । अब कुनै ठाउँको खबर, घटना या अवस्थालाई आम जनताका कहाँ पुर्‍याउनका लागि व्यावसायिक पत्रकारिताको जरुरत पर्दैन ।

अब आम सर्वसाधारणले नै सामाजिक सञ्जालहरूमार्फत एक ठाउँबाट अर्को ठाउँमा या एकैपटक आम जनमानसमा सन्देश प्रवाह गर्न सक्छन् । नागरिक पत्रकारिता प्रारम्भिक चरणमा भएकाले सुरुसुरुमा सन्देश प्रवाहमा आग्रह पूर्वाग्रह देखिएको हुनसक्छ । तर, क्रमश: यो सुधार हुँदै जानेछ।

नागरिक पत्रकारिता लोकतन्त्रको उच्चविन्दु हो । तर, अब व्यावसायिक पत्रकारहरूको औचित्य सकियो भन्ने कुरा चाहिँ साँचो होइन । किनकि गहन खोजमूलक समाचार लेख्नका लागि व्यावसायिक पत्रकारहरु नै जरुरत पर्छ ।

बरु व्यावसायिक भनिने पत्रकारहरूले आफ्नो क्षमता, दक्षता र खोजपत्रकारिताको क्षेत्रमा नयाँ सम्भावनाहरूको खोजी गर्नुपर्छ । नत्र नागरिक पत्रकारिताले हाम्रो परम्परागत पत्रकारितालाई कुप्लुक्क खाइदिनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]