२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

चितवनमा गएराति २ बजे दुई ठाउँमा भएको दुर्घटनामा ३ जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, साउन ११, २०८१

 

मुग्लिन । जिल्ला प्रहरी कार्यालय
चितवनबाट प्राप्त विवरण अनुसार मृत्यु हुनेमा दुईजना ट्रकका चालक र एकजना मोटरसाइकल चालक रहेका छन् ।
नारायणगण-मुग्लिन सडकको भरतपुर महानगरपालिका-१ भतेरी जंगलमा शुक्रबार बिहान सवा ६ बजेतिर नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ना ६ ख ५९९६ कन्टेनर ट्रक र मुग्लिनबाट आउँदै गरेको डीडीएफ ०१ एल ९१६१ नम्बरको भारतीय ट्रक एकआपसमा ठक्कर खाएका थिए ।

ठक्करपछि गम्भीर घाइते भएका भारतीय ट्रकका चालक भारत उत्तर प्रदेशका २४ वर्षीय हेताव आलमलाई चिकित्सकले सात बजेर २० मिनेट जाँदा मृत घोषणा गरेको चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी श्रीराम भण्डारीले बताए । त्यसैगरी ना ६ ख ५९९६ नम्बरका ट्रकका चालक पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-२४ मा प्रमोद पटेलको पनि मृत्यु भएको डीएसपी भण्डारीले जानकारी दिए ।

भारतीय ट्रकका सहचालक भारत गोरखपुरका २२ वर्षीय सावन अहमदको अवस्था गम्भीर रहेको छ । उनको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी बिहीबार मध्यरातमा भरतपुर महानगरपालिका-८ अशोक चोककमा भएको दुर्घटनामा मोटरसाइकल चालकको निधन भएको छ । मोटरसाइकललाई अर्को गाडीले ठक्कर दिएको थियो। ठक्कर दिएर गाडी भागेका कारण नम्बर र अन्य विवरण खुलेको छैन । गाडीको रंगसम्म खुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण गम्भीर घाइते भएका वाग्मती प्रदेश ०६-००३ प ६८३९ नम्बरका मोटरसाइकल चालक भरतपुर महानगरपालिका-७ प्रेमबस्तीका ५० वर्षीय चण्डिप्रसाद अधिकारीकाे उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा रााति दुई बजेतिर निधन भएको चितवन प्रहरीले जानकारी दिएको छ । ठक्कर दिएर भागेको गाडीको खोजीमा प्रहरी लागेको डीएसपी श्रीराम भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]