२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

आफ्नो जन्मदिनमा समाजसेवी अजिजद्वारा मृतक राईको परिवारलाई खाद्यान्न सहयोग

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, साउन ११, २०८१

 

बाँके नेपालगञ्ज केही दिन अघि अनाहकमा ज्यान गुमाएका इर्साद राई कबडियाको परिवारलाई नेपालगञ्ज वडा नं ५ निवासी अजीज मलिकले खाद्यान्न सहयोग प्रदान गरेका छन्।

आज श्रावण ११ गतेका दिन आफ्नो जन्म दिवसको अवसरमा अजीज मलिकले मृतक राईको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।
मलिकले सहयोग गरेको खाद्यान्नमा चामल, दाल, चान चिनी पिठो, नुन, तेल र बच्चाले लगाउने डाईपर रहेको छ।
साथै ग्यास सिलिण्डर तथा एउटा चुलो पनि सहयोग गरेका छन्।

समाजसेवी अजीजले सबैसँग बढी भन्दा बढी मृतक राईको परिवारलाई सहयोग पुर्याउन हार्दिक अनुरोध समेत गरेका छन्।
मृतक राईको श्रीमति र ४ छोरी रहेका छन् भने ३ दिन अगाडि मात्र अर्को छोरी को जन्म भएको मृतक परिवारले जनाए ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ का इर्साद राईको गत २८ असारमा नेपालगन्ज टागा स्टेन्ड नजिक खुकुरी प्रहार गरी हत्या गरिएको थियो।

समाजसेवी अजीजले सधै सामाजिक काममा गरीब दुखीलाई सहयोग गर्ने गरेको छ्न बिरामी मान्छे लाई रगत औसधि हस्पिटल मा बिरामी लाई फलफुल आदि विभिन्न किसीमको अर्थिक सहयोग गर्ने गरेको पाएको छ

आफ्नो जन्मदिनको अवसरमा आफू अजीज मलिकले भारतमा परीक्षा दिन गरेको बेला पनि साथीहरु को हातबाट मृतक राईको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । राईको परिवार द्वारा मलिकलाई आशीर्वाद तथा पर्गती को शुभकामना समेत दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]