२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

बाँकेको नेपालगन्ज मेडिकल कलेजबाट ३ हजारभन्दा बढी चिकित्सकहरु

Logo
रजितराम यादव प्रकाशित सोमबार, साउन १४, २०८१

 

बाँके । नेपालगन्ज मेडिकल कलेजबाट तीन हजारभन्दा बढी चिकित्सक उत्पादन भएका छन् । २०५४ सालबाट कलेजले एमबिबिएस पढाई सुरु गरेकोमा हालसम्म सो कलेजबाट तीन हजार २४२ जना विद्यार्थीहरु एमबिबिएस उर्तीण भईसकेको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरका निर्देशक एवम् प्राध्यापक डा. रेशमबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँले गत २७ वर्षको अवधीमा कलेजले नेपाल, भारत र श्रीलङ्काका गरेर तीन हजार २४२ जना चिकित्सक उत्पादन गरेर स्वास्थ्य क्षेत्रका लागि ठुलो योगदान गरेको बताउनुभयो ।

बाँकेको चिसापानीमा कलेजको प्रमुख संरचना छ । शिक्षण अस्पताल भने नेपालगन्ज र कोहलपुरमा छन् । यसैगरी सन् २०१२ बाट मेडिकल कलेजमा सुरु भएको (एमडी-एम.एस) अध्यापनबाट हालसम्म ३४४ जना विद्यार्थी विशेषज्ञ चिकित्सकका रुपमा उर्तीण भएको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरका निर्देशक एवम् प्राध्यापक डा. रानाले बताउनुभयो ।

उहाँका अनुसार कलेजबाट विद्यार्थीले फिजिसियन, सर्जन, हाडजोर्नी, नाक, कान, आँखा सम्बन्धी रोग लगायत विभिन्न विषयमा एमडी÷एम.एस.उर्तीण गरेका हुन् । निर्देशक प्रा.डा.रानाले थप्नुभयो, “एमडी-एम.एस पास गरेर मेडिकल कलेजले यस क्षेत्रमा विशेषज्ञको पनि ठुलो जनशक्ति उत्पादन गरेको छ ।”

यसैगरी सो कलेजबाट ५२ जना विद्यार्थीले बि.एस्सी नर्सिङ विषय उत्तीर्ण गरिसकेका छन् । मेडिकल कलेजद्वारा सञ्चालित शिक्षण अस्पताल कोहलपुरमा हाल १३ वटा विभाग र करिब ५ वटा विशिष्टीकृत सेवा सञ्चालनमा रहेको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।

नेपालगन्ज मेडिकल कलेजले विद्यार्थी भर्ना गरेर चिकित्सक उत्पादन शुरु गरेपछि बाँके, बर्दिया, सुर्खेत, दाङलगायतका जिल्लाबाट धेरै विद्यार्थीले चिकित्सक बन्ने अवसर पाएका छन् ।

मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेका अधिकांश चिकित्सकले यसै क्षेत्रका बिरामीको स्वास्थ्य उपचार सेवा गरिरहेको पाइएको पनि नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]