२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कैलालीमा स्कुल बस दुर्घटना २७ जना विद्यार्थी सवार बसमा दुई जना घाइते

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन १४, २०८१

 

काठमाडौं । गोदावरी नगरपालिका ९ बल्मी नजिकै पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-८ मा रहेको दुर्गाज्योती ईङ्लिस बोर्डिगं स्कुलको से ०१००१ ख २१८२ नम्बरको स्कुल बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस दुर्घटनामा विद्यार्थीहरु घाइते भएका छन्। तर यसबारे विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताए।

तर प्रारम्भिक रिपोर्टअनुसार बसमा सवार विप्लब खड्का र प्रकाश रावत घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ। बसमा २७ विद्यार्थी सवार रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]