२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ईप्रका भालुवाङको आयोजनामा साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

Logo
बिदुर एमसी प्रकाशित सोमबार, साउन १४, २०८१

 

दाङ । भालुवाङ ईलाका प्रहरी कार्यालय भालुवाङको आयोजनामा एक दिवसीय साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । सोमबार बिहान लुम्बिनी प्रदेशको राजधानीस्थल राप्ती उपत्यका अन्तरगत राप्ती उद्योग वाणिज्य संघ भालुवाङको सभाहलमा कार्यक्रम गरिएको हाे ।

आयोजक ईलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक ( इन्स्पेक्टर ) अमर बहादुर माझीले समाजमा हुने विद्युतीय अपराध ( साइबर क्राइम ) का प्रकारहरु, हुने तरिका र त्यसबाट अपनाउन सकिने सुरक्षाका उपायबारे सबै चनाखो बन्नुपर्नेमा जोड दिएका थिए ।

अपराधीको कुनै जातधर्म देश हुँदैन भन्दै भालुवाङ प्रहरी प्रमुख माझीले आर्थिक, सामाजिक, यौन तथा गाली बेइज्जती सम्बन्धि विद्युतीय अपराधहरु नियन्त्रणमा सहज हुने बताए । यसका लागि समाजका सबै पक्षहरु र विशेषगरी नागरिक प्रहरी आपसी सहकार्य गरेमा साइबर क्राइममा कमी आउने जिकिर गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।