२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा समलगन २ जनालाई सर्बजनिक

Logo
रोशन निधी प्रकाशित मंगलबार, साउन १५, २०८१

 

बारा । मलङ्गवा नगरपालिका वडा –४ मा बस्दै आउनुभएका ८१ वर्षका राम चन्द्र रायको पुर्खौली गाउँ चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा यही साउन ७ गते टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । पूर्व मन्त्री यादवसँग जग्गाको विषयमा लामो समयदेखि विवाद चल्दै आइरहेको व्यक्तिले दिएको आर्थिक प्रलोभनमा परेर पुर्व राज्य मन्त्री को घरमा काम गर्ने युवकले रायको हत्या गरेको पुष्टि भएको हो ।

रायको उहाँकै घरमा काम गर्ने कविलासी नगरपालिका–३, घर भई चन्द्रनगर गाउँपालिका–१, रतनपुर बस्ने २५ वर्षीय राम उजैन रायले हत्या गरेका प्रहरीले जनाएको छ । पूर्व मन्त्री रायसँग जग्गाको विषयमा विवाद चल्दै आएका छिमेकी चन्द्रनगर गाउँपालिका–१, रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायले रामउजैनलाई दुई लाख रुपियाँ नगद र व्यवसायको लागि एउटा फर्मसमेत बनाइदिन्छु भनी हत्या गर्न लगाएको प्रहरीको अनुसन्धान बाट खुलेको छ ।

सर्लाही प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न सहयोगी रामउजैन र योजनाकार छिमेकी वीरेन्द्रलाई सोमबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । अहिलेसम्मको अनुसन्धानमा वीरेन्द्रको उक्साहट र प्रलोभनमा परेर रामउजैन एक्लैले पूर्व राज्यमन्त्री रायको हत्या गरेको खुलेको छ।

साउन ७ गते मध्यरातमा रामउजैन आफैले पूर्व मन्त्री रायको हत्या भएको भन्दै गाउँले र प्रहरीमा खबर गरेकाे थियाे। प्रहरीले घटना लगत्तै रामउजैनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

जिल्ला तथा प्रदेश प्रहरी समेतको एक साताको अनुसन्धानपछि पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न व्यक्तिलाई सार्वजनिक गरेको छ । प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्या गर्न प्रयोग गरिएको उखु काट्ने फर्सा फलामको धारिलो हतियार समेत बरामद गरि सार्वजनिक गरेको छ ।

रामउजैन राय र वीरेन्द्र राय लाई सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दिपक श्रेष्ठले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]