२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

प्रधानमन्त्री ओलीले सर्वसाधारणको लागि धरहरा सञ्चलन गर्न निर्देशन दिए

Logo
Abc Sanchar प्रकाशित मंगलबार, साउन १५, २०८१

 

काठमाडौं । मंगलबार सिंहदरवारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले धरहराको लिफ्ट खिया लाग्न थालेको भन्दै त्यसलाई प्रयोगमा ल्याउन विलम्ब गर्नु नहुने बताएका हुन् ।

‘धरहरा बनेको छ मान्छे त्यहाँ चढ्न चाहन्छन् तर
पाएका छैनन् । त्यहाँ पार्किङ बनेको तयार भैसकेको छैन तर निःशुल्क पार्किङ भनेर ह्वारर…।’, ओलीले भने, ‘पार्किङमा त पैसा तिर्नुपर्छ । गाडी चढेर हिँड्ने मान्छेले पार्किङको पैसा तिर्न सक्दैन भन्ने होइन ।’ उनले मै बनाउँछु मेरो धरहरा क्याम्पियन अन्तर्गत जनताको ३६ करोड रुपैयाँ धरहरामा लगानी भएकोले व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताए ।

‘त्यो लिफ्ट किन खिया लागेर बस्न दिने ? दुई-दुईवटा लिफ्ट छ त्यहाँ । जवानहरूलाई भर्‍याङ छ । बूढाबूढीलाई लिफ्ट छ । अनि किन सञ्चालन नगर्ने ? कुन मन्त्रालयले कसरी सञ्चालन गर्ने हो कार्यविधि बनाएर सञ्चालन गर्नुपर्छ’, प्रधानमन्त्रीले भने । उनले धरहरा क्षेत्रको पार्किङ कुनै पालिका विशेषको नभएको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलहरू लेउ पलाएर राख्न नहुने भन्दै भैरहवा र पोखरा एयरपोर्ट पनि सञ्चालनमा ल्याएर आम्दानीको श्रोत बनाउनुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]