२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

नेपाल प्रहरीको २ डिआइजी पद रिक्त दर्जनौँ आकांक्षी कस्ले मार्ला बाजी ?

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन १६, २०८१

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी उमेशराज जोशी र डिआइजी पोषराज पोखरेल उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि २ पदरिक्त भएको हो ।

गत साउन ८ गते एआइजी जोशीको ठाउँमा डिआइजी रामदत्त जोशी बढुवा सिफारिस भइसकेका छन् । सम्भवत उनले आगामी बुधबार एआइजीको फुली लगाउने प्रहरी मुख्यालयले जनाएको छ ।

२ पदमा दर्जनौँ आकांक्षी , कस्ले मार्ला बाजी ?

डिआइजीको रिक्त दुई पदका लागि एक दर्जन भन्दा बढि एसएसपी दौडधुपमा छन् । स्रोतका अनुसार वाहलवालाप्रहरी महानिरीक्षकको ब्याचमेटदेखि २०५४ को टोलीसम्म डिआइजी प्रतिस्पर्धामा उत्रिएका छन् ।

डिआइजी बढुवाका लागि हाल कार्यरत एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल, दिल्लीराज विष्ट र गणेश चन्दसिनियर हुन् । तर उनीहरुको सम्भावना कम रहेको बताइन्छ ।

यसैगरी एसएसपीहरू सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, जीवन कुमार श्रेष्ठ, दिनेशआचार्यहरु पनि डिआइजी बढुवाको दावेदार हुन् । तर, प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुवर २०५३ कोटोली (शाह, राठौर र चतुर्वेदी) लाई डिआइजी बढुवा गर्नुपर्ने पक्षमा रहेको बताइएको छ ।

यसैगरी एसएसपीहरू सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, जीवन कुमार श्रेष्ठ, दिनेशआचार्यहरु पनि डिआइजी बढुवाको दावेदार हुन् । तर, प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुवर २०५३ कोटोली (शाह, राठौर र चतुर्वेदी) लाई डिआइजी बढुवा गर्नुपर्ने पक्षमा रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]