२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

गृहमन्त्रालयले एआईजीहरुको सरुवा गर्ने तयारी अन्तिम चरणमा

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन १६, २०८१

 

काठमाडौं । हालै बढुवा सिफारिस भएका एआईजी रामदत्त जोशीको पदस्थापनसँगै केही एआईजीहरुको सरुवा हुन लागेको हो।

सरुवामा उपत्यका प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख पनि परिवर्तन हुने बुझिएको छ।

अहिलेसम्मको तयारीअनुसार हाल उपत्यका प्रहरी कार्यालय (मेट्रो) का प्रमुख एआईजी दिपक थापालाई सिआईबीमा पठाउने तयारी छ।

उता अर्का हाल प्रशासन विभागको नेतृत्व सम्हालिरहेका एआईजी टेकप्रसाद राईले भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय जान चाहेका छन्। त्यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नेतृत्व सम्हालिरहेका एआईजी सुदिप गिरीले पनि सिआईबीमा जान खोजेको बताइएपनी उनको इच्छा पूरा हुने सम्भावना न्यून रहेको बताइएको छ।

उता सुनकाण्ड लागेर सिआइबीबाट कारबाही गरी हटाइएकी एआईजी किरण बज्राचार्य पनि प्रधानमन्त्री केपी शर्मा ओलीका पिए राजेश बज्राचार्यमार्फत सरुवा हुने योजनामा छिन्। तर उनले आकर्षक पोष्टिङ पाउन भने मुस्किल देखिन्छ।

त्यस्तै तत्कालीन गृहमन्त्री रवि लामिछानेले सिआइबीको जिम्मेवारी दिएका एआईजी श्यामलाल ज्ञवालीको जिम्मेवारी पनि खोसिने लगभग पक्का छ। उनलाई चार महिनामै हटाउन लागिएको हो। ज्ञवालीलाई राष्ट्रिय सुरक्षा परिषद्मा पठाउने तयारी छ।

त्यस्तै हालै बढुवा सिफारिस भएका रामदत्त जोशी पनि सुदूरपश्चिमको नाता लगाएर राम्रो ठाउँमा पोष्टिङ मिलाउने दाउमा छन्। गत ७ साउनमा जोशीको एआईजीमा बढुवा सिफारिस भएको थियो।

उजुरीको समय सकिएकाले अब आउने बिहीबारको मन्त्रिपरिषद्को बैठकले बढुवा, पदस्थापन र सरुवाको निर्णय गर्ने सम्भावना छ। स्रोतले भने उनको खाली रहेको प्रदेश समन्वय विभागमा पदस्थापना गर्ने तयारी भएको जनाएको छ।

यस्तै हाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एआईजी टेकबहादुर तामाङको भने प्रशासन विभागमा सरुवा हुने सम्भावना रहेको स्रोत बताउँछ।

त्यसैगरी मानवस्रोत विभागका प्रमुख भीमप्रदाद प्रसाद ढकाललाई भने यथावत राख्न खोजिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]