२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

डिएसपी मल्ल र असैइ कुर्मी बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

Logo
(सागर थापा) प्रकाशित बुधबार, साउन १६, २०८१

 

दाङ । गृहमन्त्रालय प्रहरी कर्मचारी प्रशासन शाखा, सिंहदरवारको च.नं. प्र.प्र.टि. ६/१९ मिति २०८१।०४।०७ गतेको पत्र अनुसार गृह मन्त्रालय (सचिव स्तर) को मिति २०८१।०४।०६ गतेको निर्णयानुसार मिति २०८१।०४।१६ गते देखी लागू हुने गरी प्रहरी निरीक्षक नवचन्द्र मल्ललाई प्रहरी नियमावली, २०७१ (संसोधन सहित) को नियम १२९ को उपनियम २ बमोजिम प्रहरी नायव उपरीक्षक पदमा एक तह

ल

पदोन्नती गरिएको हुँदा निज प्रहरी नायव उपरीक्षक नवचन्द्र मल्ल र तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ३९० मिति २०८१/०४/१५ गतेको पत्रादेशानुसार प्राविधिक प्रहरी समुह तर्फको प्रहरी वरिष्ठ हवल्दार पदबाट प्राविधिक प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति हुनुभएकाम प्राविधिक प्रहरी सहायक निरीक्षक श्यामसुन्दर कुर्मीलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. कुवेर कडायतज्यूबाट दर्ज्यानी चिन्ह सुशोभन गर्नुका साथै बधाई तथा आवश्यक निर्देशन दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]