२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

श्री एयरलाइन्सका एयर हाेस्टेजमाथि दुर्व्यवहार गर्ने विमानस्थलबाट युवक पक्राउ

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन १६, २०८१

 

धनगढी । विमानस्थल प्रहरी स्रोतका अनुसार मंगलबार साँझ ४ बजेकाे श्री एयरलाइन्स काठमाडौं-धनगढी उडान नम्बर २२५ मा एयर हाेस्टेजमाथि दुर्व्यवहार भएको हो। एयर होस्टेज बस्ने स्थान नजिकैको सीटमा परेका कैलालीको गाेदावरी नगरपालिका- १ का शिवराज ओझाले एयर होस्टेजलाई अभद्र व्यवहार गरेको बताइन्छ।

स्रोतका अनुसार उनले होस्टेजतिर आफ्नो खुट्टाहरु तानेका थिए। त्यसपछि होस्टेजले क्याप्टेनलाई रिपोर्ट गर्दै क्याप्टेनले प्रहरीलाई धनगढी अवतरण भएलगत्तै रिपोर्ट गरेपछि शिवराजलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ। जहाजमा अन्तिम समयमा चढेका ती युवक १ नम्बर सीटमा बसेका थिए। उक्त सीट एयरहोस्टेज बस्ने ढोकानजिकै हुन्छ।

काठमाडौंबाट ढिलो गरि उडेकाे श्रीएयरकाे विमान साँझ ५ बजेर ५० मिनेटमा धनगढी विमानस्थलमा अवतरण गरेकाे थियोे।

अहिले एयरलाइन्सका कर्मचारीमाथि अभद्र व्यवहार गरेकाे आरोपमा शिवराजलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]