२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

नेपालगन्जमा भारी वर्षा हुँदा जलमग्न अधिकांश स्थान पसलहरु डुबानमा

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन १६, २०८१

बाँके । आज बिहान ९ बजेपछि सुरु भएको करिव ३ घण्टाको भारी वर्षाले यस क्षेत्रका किसानहरुले राहत पाएका छन् । बिउ तयार भएपनि धान रोप्न नपाएका किसानहरुले पानी परेसँगै धमाधम धान रोप्न सुरु गरेका छन् ।

यता ३ घण्टाको भारी वर्षाले नेपालगञ्जको अधिकांश स्थान डुबानमा परेका छन् । नेपालगञ्ज उपमहानगरको सेतुबिक चोक, घरबारीटोललगायतको क्षेत्रमा डुबान भएपछि घर र पसलहरुमा भेल पसेको स्थानीय व्यापारीहरुले बताएका छन् ।

पछिल्लो ३ घण्टामा बर्दिया जिल्लाको गुलरिया, रम्भापुर र बाँके जिल्लाको खजुरा, नेपालगञ्ज लगायतको क्षेत्रमा भारी बर्षा मापन भएको बर्षामापन केन्द्रले जनाएको छ । केन्द्रले १ घण्टाको अवधिमा बाँकेको खजुरा क्षेत्रमा मात्र १५७ मिलिमिटर पानी परेको जनाएको छ ।

सो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भइ बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम, नदीहरुको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरू साँझसम्मै उच्च सतर्कता अपनाउन मापन केन्द्रले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]