२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

एउटा किसानको घोडा बिरामी भयाे त्यस उपचारको लागि पशु डाक्टरलाई बोलायो

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन १७, २०८१

 

दाङ । डाक्टरले घोडा नियाल्दै भने, ‘तपाईंको घोडा निकै बिरामी भइसक्याे, तीन दिनसम्म औषधि दिएर हेर्छु । तर निकाे भएन भने मार्नुपर्छ किनकी यसको संक्रमण अरु जनावरमा पनि सर्नसक्छ ।’

यो कुराकानी छेउमै बसिरहेकाे खसीले सुनिरहेको थियो ।

अर्को दिन डाक्टर आएर औषधि दिएर फर्किए ।
ऊ गएपछि खसी घोडाको छेउमा गयो र भन्यो, ‘उठ साथी हिम्मत गर, नत्र यिनीहरुले तिमीलाई मारिदिन्छन् ।’

दोस्रो दिन फेरि डाक्टर आए र औषधि दिएर फर्किए । खसी फेरि घोडाको छेउमा गयो र भन्यो, ‘साथी तिमी उठ्नैपर्छ, हिम्मत गर, नत्र तिमी मारिन्छौ । म तिमीलाई मदत गर्छु, ल उठ ।’

तेस्रो दिन जब डाक्टर आए र किसानलाई भने , ‘ओहाे, केही सुधार भएन, अब यसलाई मार्नुपर्छ ।’

खसी फेरि घोडाको छेउमा गयो र भन्यो, ‘देख्यौ साथी, अब तिम्रो लागि गर या मर भन्ने स्थिति आइसकेको छ । त्यसैले हिम्मत गर उठ्ने । यदि तिमी आज उठ्न सकेनौ भने अवस्य मारिन्छौ । हिम्मत गर , प्रयास गर उठ उठ ।

घोडा जुरुक्क उठ्छ ।

खसी भन्छ, ‘हो ! स्याबास, अब भागेर हेर तेज अझै तेज । स्याबास !

किसान खिन्न हुँदै आउँदा त घोडा उठेर दौडिरहेको छ ।

किसान पनि खुशीले नाच्न थाल्यो । घरपरिवार र छिमेकीलाई जम्मा गरेर खुशीले चिच्याउन थाल्यो, ‘चमत्कार भयो, मेरो घोडा ठीक भयो, यसको खुशीमा हामीले उत्सव मनाउनुपर्छ, आज घरको खसी काट्छु र सबैलाई खसीको बिर्यानी खुवाउँछु ।’

खसी काटिन्छ र भव्य भोज हुन्छ ।

सन्देश: जसले अरुको भलो गर्दै हिँड्छ । उसैलाई झन ठूलो बज्रपात परेको हुन्छ यहाँ। लेखक ✒️kshetri Amar

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]