२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

नक्कली नोट कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै मधेस प्रदेशको जिल्ला १ वर्षमा ३८ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन १८, २०८१

 

पर्सा । नेपालमा नक्कली नोट कारोबारका दृष्टिले ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ। मधेस प्रदेशमा रहेका आठ जिल्लामध्ये रौतहटबाट सबैभन्दा बढी नक्कली नोट ओसारपसारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्। यसैले मधेस प्रहरीले रौतहटलाई ‘रेड’ सूचीमा राखेको छ।

मधेस प्रदेश प्रहरीले गरेको आकलन अनुसार भारतबाट नेपाली नक्कली रुपैयाँ नेपाल भित्रिन थालेको छ, जसमा रौतहटको भूमिका बढी रहेको बताइएको छ। आर्थिक वर्ष २०८०/८१ मा रौतहट जिल्लाबाट झण्डै २० लाख रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद भएको प्रहरी तथ्याङ्क छ।

पछिल्लो एक वर्षमा रौतहटबाट १६ जना नक्कली नोटसहित पक्राउ परेका छन्, जुन मधेसका अन्य जिल्लाको तुलनामा बढी हो। आर्थिक वर्ष २०८०/८१ मा रौतहट प्रहरीले २० लाख १६ हजार रुपैयाँ नेपाली नक्कली नोट ओसारपसारमा संलग्न व्यक्तिहरूबाट बरामद गरेको छ।

मधेस प्रदेशमा नक्कली नोट कारोबारको ग्राफ उकालो लाग्दैछ। प्रदेशका पर्सा, बारा, रौतहट, र सर्लाही जिल्लामा नेपाली नक्कली नोट ओसारपसारको गतिविधि बढेको देखिएको छ।

प्रहरीका अनुसार रौतहटपछि बाराबाट १३ लाख ८९ हजार ५ सय रुपैयाँ बराबर नेपाली नक्कली नोट बरामद भएको छ। पर्साबाट १ लाख ६४ हजार र सर्लाहीबाट १६ हजार ८२० रुपैयाँ नेपाली नक्कली नोट बरामद भएको छ। गत वर्ष प्रदेशभरबाट नक्कली नेपाली नोटसहित एक महिलासहित ३८ जना पक्राउ परेका छन्, जसमध्ये १६ जना रौतहटबाट पक्राउ परेका हुन्।

मधेस प्रहरी प्रवक्ता सुवासचन्द्र बोहराले खुला सीमाका कारण नक्कली नोटको ओसारपसार बढेको र यसको नियन्त्रणका लागि विशेष टोली परिचालन गरिएको बताए। उनले नक्कली नोट नियन्त्रणका लागि छुट्टै रणनीति बनाएर काम भइरहेको जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]