२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा अटोलाई खोलाले बगाउँदा वेपत्ता भएका २ जनामध्ये १ जनाको शब फेला

Logo
ABC-Sanchar प्रकाशित शनिबार, साउन १९, २०८१

दाङ । शुक्रबार गएराती तुलसीपुर उपमहानगरपालिका ४ र ७ को सिमानमा पर्ने बेतने खोलाले अटो बगाउँदा बेपत्ता भएकी तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेका ५५ वर्षकी सीता आलेको शब आज बिहान फेला परेको हो ।

उहाँको शब घटनास्थलदेखि करिब १५ किलोमिटर टाढा ग्वारखोला तुलसीपुर–१५ मलवारमा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

अटोसंगै बगेकी सुर्खेत घर भई हाल तुलसीपुर–४ खाद्रेमै मामाघरमा बस्ने १७ वर्षिय मन्जु खड्काको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उहाँको अहिले पनि प्रहरी, जनप्रतिनिधि र स्थानीयले खोजि गरिरहेको तुलसीपुर–७ का अध्यक्ष राम बहादुर जिसीले बताउनुभयो ।

शुक्रबार राती करिब सवा ८ बजेको समयमा तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटोलाई बेतने खोलाले बगाएको हो । अटोमा पाँच जना सवार रहेको र चालकसहित तीन जना सकुशल उत्रन सफल भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अटो चालक तुलसीपुर–४ खाद्रे ४६ वर्षका हरीकिशन बिक, सोहि ठाउँका अन्दाजी ३४ वर्षको सुनिता थापा र ७ वर्षका सुशान्त आले सकुशल उत्रन सफल हुनुभएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]