२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

भारतीय टेलिभिजन च्यानलहरू नेपालमा प्रसारण पुनः बन्द भो

Logo
Abc Sanchar प्रकाशित शनिबार, साउन १९, २०८१

 

पर्स । नेपालमा भारतीय टेलिभिजन च्यानलहरूको प्रसारण पुनः बन्द भएको छ। नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष ध्रुव शर्माका अनुसार करिब ७० वटा भारतीय तथा विदेशी च्यानल बन्द भएको जानकारी दिनुभयो। शर्माका अनुसार सञ्चार मन्त्रालयले डेढ वर्ष अघि विदेशी च्यानलहरूको प्रसारणमा आलार्काटा प्रणाली लागू गर्ने मन्त्रीस्तरीय निर्णय गरे पनि इन्टरनेट प्रदायक कम्पनीहरूको असहयोगका कारण यो प्रणाली कार्यान्वयनमा समस्या भएको छ।

ध्रुव शर्माले इन्टरनेटको पहुँच बढेसँगै टेलिभिजन हेर्ने जनसङ्ख्यामा बिस्तारै कमी आउन थालेको बताउनुभयो। उहाँले विदेशी च्यानलहरूले मनपरी पैसा उठाउने गरेका कारण टेलिभिजन हेर्ने दर्शकहरूले आर्थिक भार बेहोर्नुपरेको उल्लेख गर्नुभयो।

महासङ्घका अध्यक्ष शर्माका अनुसार, १५ महिनाको पैसा नपाएका कारण विदेशी च्यानलहरूले नेपालमा प्रसारण बन्द गरेका हुन्। यसले गर्दा नेपाली दर्शकहरूले विभिन्न च्यानलहरू हेर्न नपाउने स्थितिमा छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]