२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

लाइसेन्समा भ्रष्टाचार कर्मचारीद्वारा १० हजार देखि २० हजार सम्म किनबेच अख्तियार मौन ?

Logo
ABC-Sanchar प्रकाशित शनिबार, साउन १९, २०८१

 

पर्सा । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र शाखा वीरगञ्जले बिहीवारदेखि लाइसेन्स (अनुमति पत्र) को किनबेच सुरु गरेको समाचार प्राप्त भएको छ। बिहीवार भएको A, K, B, C, C १ र मेसिनरी नयाँ तथा थपको लिखित परीक्षामा ९१८ जना परीक्षार्थीहरूले परीक्षा दिएकोमा ५७० जना पास भएका छन्। जसमध्ये १७५ जना परीक्षार्थीहरूले आफ्नो क्षमताले लेखेरै पास भएका छन् भने ३९५ जना परीक्षार्थीहरूलाई रकम लिएर पास गराइएको समाचार स्रोतको कथन रहेको छ।सूत्रका अनुसार मोटरसाइकलका परीक्षार्थीहरूबाट जनही १० हजार, कारका परीक्षार्थीहरूबाट १५ हजार र टेम्पो, ईरिक्साका परीक्षार्थीहरूबाट १३ हजारको दरले रकम असुलेर परीक्षा समितिले पास गराएको बताइएको छ। सवारी चालक अनुमति पत्र शाखा वीरगञ्जका ड्राइभर शम्भु गुरुङ्गले असुलीको धन्दामा विशेष भूमिका निर्वाह गर्दै गर्दा सो कार्यालय दिनप्रतिदिन बदनाम हुँदै गएको जनाइएको छ।

शम्भु गुरुङ्गको नाममा विभिन्न प्रकारका आरोपहरू लाग्दै आएका छन्। चितवन जिल्लाका निवासी शम्भु गुरुङ्ग करिब २५ वर्ष अघि यातायात कार्यालय वीरगञ्जमा दाइ महेन्द्र गुरुङ्गको सहयोगमा भान्सेको काम गर्दै रिझाउँदै करारको ड्राइभर नियुक्ति लिएपछि लगातार बिचौलियाको भूमिकामा सक्रिय रहेको जनाइएको छ। गुरुङ्गले कार्यालय प्रमुख र कार्यालय सहयोगीबीचको भूमिका अस्पष्ट राख्दै घुस असुलीको रकम व्यवस्थापन गर्ने काम गर्दै आएका छन्।

गुरुङ्गले आफ्नो वर्चश्व जमाउनकै निमित्त आफ्नो नातामा पर्नेहरूलाई करारमा नियुक्ति दिलाई करोडौं रकम असुलेको आरोप छ। चितवन निवासी संदिप मगर, गोरखा निवासी सुरज पाठक र धरान निवासी सुमन मगरलाई करारमा नियुक्ति दिलाई कार्यालयलाई कब्जा गरेको जनाइएको छ।

निवर्तमान कार्यालय प्रमुख उमेश रेग्मी असहयोगका कारण आफ्नो सरुवा आफै मागेर वीरगञ्जबाट सरुवा भएका छन्। जेठ महिनामा वीरगञ्जमा पटक–पटक लिखित र ट्रायल परीक्षा भई हजारौं परीक्षार्थीहरूलाई रकमको बलमा पास गराई करिब करोड रुपैया असुली भएको स्रोतको दाबी रहेको छ।

वर्तमान कार्यालय प्रमुख कमल गौतम पनि ड्राइभर शम्भुकै सहयोगमा पुनः वीरगञ्जको प्रमुख बनेर आएका छन्। सवारी चालक अनुमति पत्र शाखामा आम्दानी जति भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको भागमा १५ प्रतिशत पर्छ भने अन्य रकम नियमनकारी निकाय र कर्मचारीहरूको भागमा पर्ने गरेको स्रोतले जनाएको छ।

लिखित परीक्षा पछि प्रयोगात्मक परीक्षामा ट्राफिक प्रहरीको विशेष भूमिका रहने भएकोले आफ्ना विश्वासिलो प्रतिनिधि पठाई तै चुप, मै चुपूको अवस्था सिर्जना गरेका कारण १५ प्रतिशत भाग जाने गरेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक काठमाडौं *कार्यक्रम विवरण:* सशस्त्र प्रहरी बलको पूर्व संगठन “पूर्ब सँघ” द्वारा आयोजित कार्यक्रममा नव नियुक्त IGP नारायण दत्त पौडेलज्यूलाई भव्य स्वागत गरियो। साथै निवर्तमान IGP श्रद्धेय राजु अर्यालज्यूलाई पनि पूर्ब सँघमा सम्मानपूर्वक स्वागत गरिएको छ। *IGP नारायण दत्त पौडेल:* नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयबाट सशस्त्र प्रहरी बलको […]

दाङ । *कार्यक्रम विवरण:* – *आयोजक*: मुस्लिम आयोग – *विषय*: मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालासँग अन्तर्क्रिया – *अध्यक्षता*: आयोगका का.वा. अध्यक्ष श्री महमद अलि – *प्रमुख अतिथि*: प्रतिनिधिसभा सदस्य श्री सजिदा खातुन सिद्दिकी *सहभागी:* प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मेयर, उपमेयर, बुद्धिजीवी, पत्रकार तथा मुस्लिम समुदायका बुद्धिजीवीहरूले मन्तव्य राखेका थिए। *विशेष सम्मान:* जामे मस्जिद […]

दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । स्थानीय अन्दाजी ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन (कनवा) ले रामजानकी सामुदायिक वन क्षेत्रबाट बलाबली लिने विषयमा भएको […]

error: Content is protected !!