२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

प्रहरीले ५० किलो लागुऔषध गाँजासहित एक जना महिला पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन १९, २०८१

 

पर्सा । ठोरी गाउँपालिका वडा नं.२ सुन्दरबस्ती टोल बस्ने वर्ष ३० की अनिता गुरौले आफ्नै घरमा लागु औषध गाँजा लुकाइ छिपाइ राखिएको छ भन्ने विशेष सूचनाको आधारमा यस कार्यालय तथा यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले कानूनी रितपुर्‍याइ खानतलासी गर्दा उक्त कोठामा रहेको बक्स पलङ्गभित्र लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ५० के.जी. फेला परेकोले निज अनिता गुरौलाई नियन्त्रणमा लिइ निज विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन-५ ( पाँच ) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको ।

पक्राउ विवरण :-
१.) अभियुक्त:- अनिता गुरौ
उमेर:- ३० वर्ष
ठेगाना:-जि.पर्सा ठोरी गाउँपालिका वडा नं. २
पक्राउ मितिः- २०८१।०४।१७ गते ।
मुद्दा शिर्षकः- लागु औषध सम्बन्धी कसूर
बरामद लागु औषधः- ५० किलो गाँजा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]