२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

आँखा शिविर १२१ जनाले गराए चेकजाँच

Logo
राहुल गुप्ता प्रकाशित शनिबार, साउन १९, २०८१

पर्सा । बिरगंज सामुदायिक आँखा अस्पताल तथा सामुदायिक प्रहरी साझेदारी सेवा केन्द्रको सहयोगमा आज आँखा शिविरको आयोजना गरिएको छ। वीरगन्ज वडा नं ३१ लक्ष्मीपुरको दलित बस्तीमा सो आँखा शिविरको आयोजना गरिएको छ ।

आँखा शिविर कार्यक्रमको प्रमुख अतिथि रहेका कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले अहिले आँखा सम्बन्धि समस्या बढ्दै गएकोले यस्ता शिविरको आयोजनाले स्थानीय जनतालाइ आँखा सम्बन्धि समस्या निराकरण गर्न ठूलो सहयोग गरेको बताए।मानव शरीरको महत्त्वपूर्ण अंग मध्ये आँखा पनि रहेको तथा यसलाइ हेरचाह गर्न आवस्यक रहेको बताए।

त्यस्तै आँखा शिविरमा डा.प्रभात चौरासीयाको टिमले बिरामीहरुको चेक जाच गरेका थिए जसमा जम्मा १२१ जनाको आँखाको जाच गरिएको छ भने २६ जनालाई मोतियाबिन्दु भएको पत्ता लागेको छ ।

आज भएको उक्त शिविर कार्यक्रममा नेपाली कांग्रेस पर्सा जिल्लाका जिल्ला सदस्य रामनिवास यादव,नेपाली कांग्रेस क्षेत्र नं १ का कार्यवाहक सभापति अनिल सिंह,ने.बि.संघका केन्द्रिय सदस्य सुरेन्द्र लामिछाने,पुर्व वडा अध्यक्ष चुमन चौधरी लागयतको स्थानीयहरुको विशेष उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक काठमाडौं *कार्यक्रम विवरण:* सशस्त्र प्रहरी बलको पूर्व संगठन “पूर्ब सँघ” द्वारा आयोजित कार्यक्रममा नव नियुक्त IGP नारायण दत्त पौडेलज्यूलाई भव्य स्वागत गरियो। साथै निवर्तमान IGP श्रद्धेय राजु अर्यालज्यूलाई पनि पूर्ब सँघमा सम्मानपूर्वक स्वागत गरिएको छ। *IGP नारायण दत्त पौडेल:* नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयबाट सशस्त्र प्रहरी बलको […]

दाङ । *कार्यक्रम विवरण:* – *आयोजक*: मुस्लिम आयोग – *विषय*: मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालासँग अन्तर्क्रिया – *अध्यक्षता*: आयोगका का.वा. अध्यक्ष श्री महमद अलि – *प्रमुख अतिथि*: प्रतिनिधिसभा सदस्य श्री सजिदा खातुन सिद्दिकी *सहभागी:* प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मेयर, उपमेयर, बुद्धिजीवी, पत्रकार तथा मुस्लिम समुदायका बुद्धिजीवीहरूले मन्तव्य राखेका थिए। *विशेष सम्मान:* जामे मस्जिद […]

दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । स्थानीय अन्दाजी ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन (कनवा) ले रामजानकी सामुदायिक वन क्षेत्रबाट बलाबली लिने विषयमा भएको […]

error: Content is protected !!