२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मुख्यमन्त्रीकाे सम्पर्क कार्यालय पुन: बुटवलस्थित सञ्चालनमा आयो

Logo
Abc Sanchar प्रकाशित शनिबार, साउन १९, २०८१

 

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीकाे रूपन्देहीस्थित सम्पर्क कार्यालय पुन: सञ्चालनमा ल्याइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालनमा ल्याएका हुन्।

बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा रहेकाे आन्तरिक राजश्व कार्यालयको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको हो।

यसअघि ०७४ सालदेखि यो कार्यालय रहेकोमा यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए।

दाङको देउखुरीस्थित स्थायी राजधानीमा सबै मन्त्रालयहरु लगिए पनि पहिले बुटवलमा रहेका धेरै कार्यालयसँगको नियमित सम्पर्क तथा कार्य सम्पादनमा सहजता ल्याउन बुटवलमा कार्यालय राखिएको मुख्यमन्त्री आचार्यले बताएका छन्।

मुख्यमन्त्री आचार्यले हरेक शुक्रबार साँझ आफू बुटवल जाने आइतबार बिहानकाे समयसम्म त्यस क्षेत्रका सेवाग्राहीलाई सेवा दिने व्यवस्था मिलाउने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]