२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

संघीय सरकारका ४ मन्त्रीहरूले सरकारी निवासमा सुविधा लिएका छैनन् किन ?

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन २०, २०८१

 

काठमाडौं । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार उपपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री शरतसिंह भण्डारी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का निजी निवासमै बस्ने भएका हुन्। ती चारै मन्त्रीका सहयोगीले यस्तो जानकारी दिएका हुन्। उनीहरू आफ्नै निजी निवास सुविधासम्पन्न भएकाले सरकारी निवासमा नसर्ने भएका हुन्।

सरकारी निवास प्रयोग नसर्ने मन्त्रीले घर भाडाबापत मासिक ४० हजार रूपैयाँ पाउने व्यवस्था छ। निवास मर्मतका लागि पनि छुट्टै सुविधा पाउने व्यवस्था छ। अहिलेसम्म घर भाडा र निवास ममर्तका लागि कसैले बिल पेस नगरेको संघीय सचिवालय स्रोतले बतायो। ऊर्जामन्त्री खड्काका सहयोगी सेवक पोखरेलले घर भाडाबापत सरकारसँग पैसा नमागिने बताए। ‘भाडाबापत हामीले बिल पेस गर्ने छैनाैं,’ उनले भने । खड्का बुढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आएका छन् । सहरी विकाममन्त्री सिंहको ठमेल चाक्सीबारीमा आफ्नै निवास छ। परराष्ट्रमन्त्री देउवा बुढानीलकण्ठ र श्रममन्त्री भण्डारी भैंसेपाटीस्थित निजी निवासमा बस्छन्। भैंसेपाटीमा बनिरहेको नयाँ निवासमा मन्त्रीहरू बस्न थालेका छन् । नयाँ मन्त्री निवासको विधिवत उद्घाटन भने भएको छैन।

पूर्ववर्ती मन्त्रिपरिषद्का दुई सदस्य असार पहिलो साता भैंसेपाटीस्थित सरकारी निवासमा सरेका थिए । असार १ गते तत्कालीन स्वास्थयमन्त्री प्रदीप यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह भैंसेपाटी सरेका हुन्। नयाँ मन्त्री निवासमा सरेको तीन साता नबित्दै उनीहरूले पदबाट राजीनामा दिएका थिए । केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा पनि साह र यादव मन्त्री छन् । साह महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्री र यादव खानेपानी मन्त्री छन्।

त्यसैले उनीहरूले भैंसेपाटीको सरकारी निवास छाड्नुपरेन। भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल अघिल्लो साता पुल्चोकस्थित मन्त्री निवास (पुरानो) बाट नयाँ निवास भैंसेपाटी सरेका छन्।पुल्चोकस्थित मन्त्री निवासको सी १ बल्कमा बस्दै आएका उनलाई निवासमा बर्खे पानीको भल पसेपछि रातारात भैंसेपाटी सारिएको थियो। यसैगरी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरे पनि भैंसेपाटीस्थित नयाँ सरकारी निवासमा सरेका छन्।

विशेष भवन आयोजनकाका प्रमुख मच्चाकाजी महर्जनले पुल्चोकस्थित निवासमा बस्दै आएका सबै मन्त्रीलाई साउनभित्रै भैंसेपाटीमा सार्ने गृहकार्य भइरहेको बताए। यसका लागि भैंसेपाटीमा गर्नुपर्ने सबै काम करिबकरिब सकिएको छ।

महर्जनका अनुसार अहिले भैंसेपाटीमा सरसफाइ, बगैंचा निर्माण, सुरक्षाकर्मी बस्ने कोठा व्यवस्थापनलगायतका सानातिना काम भइरहेको छ। भैंसेपाटीमा सबै मन्त्री सरिसके पछि विशेष भवन आयोजनाले विधिवत रूपमा उद्घाटन गर्ने तयारी गरेको छ।

उद्घाटन सम्भवतः प्रधानमन्त्री ओलीले गर्ने छन्। पाँच वर्षअघि उनले नै यसको शिलान्यास गरेका थिए। भैंसेपाटीमा मन्त्री निवास बनाउन सरकारले २०७६ कात्तिकमा केसी–समानान्तार जेभी व्यावासायिक कम्पनीसँग सम्झौता गरेको थियो। दुई वर्षभित्रै काम सक्नेगरी सम्झौता भएको थियो। तर पटकपटक म्याद थप गर्नुपरेकाले निर्माण अवधि लम्बियो। अहिले अन्तिम चरणको काम पनि करिब करिब सकिन लागेको विशेष भवन आयोजनाले जनाएको छ।

पहिलो चरणको कामका लागि सरकारले एक अर्ब तीन करोड ४६ लाख ८३ हजार रूपैयाँ छुट्याएको थियो। त्यसपछि हरेक वर्ष सरकारले वजेट छुट्टयाउँदै आएको छ । अहिलेसम्म सबै काम गर्न तीन अर्ब रूपैयाँ हाराहारी खर्च लागेको बुझिएको छ। भैंसेपाटीमा संघीय सरकारका मन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख बस्नेछन्। यसका लागि २७ वटा छुट्टाछुट्टै भवन निर्माण गरिएका छन्।

भैंसैपाटीस्थित मन्त्री निवासको क्षेत्रफल ९६ रोपनी १० आना छ। हरेक भवनले करिब ७ आना क्षेत्रफल ओगटेका छन्। विशेष भवन आयोजनाका अनुसार मन्त्री निवासमा जिम हल, पौडी पोखरी, सामुदायकि भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने कोठा मिलाइएको छ । प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा बनाइएको छ।

त्यस्तै प्रत्येक भवनको भुइँतलामा आगन्तुक प्रतीक्षा कोठा, बैठक कोठा, निजी कोठा र स्वकीय सचिव बस्ने कोठा छन्। दोस्रो तलामा आवासका लागि कोठा छुट्याइएको छ। प्रत्येक भवनमा एउटा पूजा कोठा पनि बनाइएको छ। मन्त्री निवास नेपाली कला, संस्कृति तथा परम्परा झल्कने गरी बनाइएको छ। पुल्चोकस्थित मन्त्री निवास साँघुरो भएकाले सरकारले भैंसेपाटीमा नयाँ निवास बनाएको हो। पुल्चोकस्थित सरकारी आवासमा सर्वोच्च अदालतका न्यायधीशलाई राख्ने सरकारको तयारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक काठमाडौं *कार्यक्रम विवरण:* सशस्त्र प्रहरी बलको पूर्व संगठन “पूर्ब सँघ” द्वारा आयोजित कार्यक्रममा नव नियुक्त IGP नारायण दत्त पौडेलज्यूलाई भव्य स्वागत गरियो। साथै निवर्तमान IGP श्रद्धेय राजु अर्यालज्यूलाई पनि पूर्ब सँघमा सम्मानपूर्वक स्वागत गरिएको छ। *IGP नारायण दत्त पौडेल:* नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयबाट सशस्त्र प्रहरी बलको […]

दाङ । *कार्यक्रम विवरण:* – *आयोजक*: मुस्लिम आयोग – *विषय*: मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालासँग अन्तर्क्रिया – *अध्यक्षता*: आयोगका का.वा. अध्यक्ष श्री महमद अलि – *प्रमुख अतिथि*: प्रतिनिधिसभा सदस्य श्री सजिदा खातुन सिद्दिकी *सहभागी:* प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मेयर, उपमेयर, बुद्धिजीवी, पत्रकार तथा मुस्लिम समुदायका बुद्धिजीवीहरूले मन्तव्य राखेका थिए। *विशेष सम्मान:* जामे मस्जिद […]

दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । स्थानीय अन्दाजी ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन (कनवा) ले रामजानकी सामुदायिक वन क्षेत्रबाट बलाबली लिने विषयमा भएको […]

error: Content is protected !!