२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बारा प्रहरीले चोरीको मोटरसाइकल सहित २ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन २०, २०८१

 

बारा । प्रसौनी गा.पा.वडा नं. ५ प्रस्टोका बस्ने रामबाबु प्रसाद साह ना.४३ प ९११७ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल आफ्नै घरमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको हुँदा इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले चोरी गर्ने जिल्ला बारा प्रसौनी गा.पा वडा नं.०५ बस्ने बनारसी महतोको छोरा अं. वर्ष २१ को सन्देश महतो, ऐ.ऐ. बस्ने उपेन्द्र गुप्ताको छोरा अं.वर्ष २० को नितेश कुमार गुप्ता समेतलाई प्रस्टोका बजार बाट नियन्त्रणमा लिई उक्त ना.४३ प ९११७ नम्बरको मोटरसाईकल सम्बन्धि सोधपुछ गर्दा निजहरुले ऐ. जितपुर सिमरा उ.म.न.पा.वडा नं.१० स्थित बेहारा टोल बस्ने लक्ष्मी महतोको घरमा राखेमामा ना.४३ प ९११७ नम्बरको मोटरसाईकल बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि निज सन्देश महतो,नितेश कुमार गुप्ता र मोटरसाईकल सहित जि.प्र.का.बारामा पठाएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]