२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङमा जीप दुर्घटना १ जनाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन २०, २०८१

 

दाङ । तुलसीपुरदेखि सल्यानको पिङखोला जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतबारर साँझ साँढे ६ बजेतिर शान्तिनगर गाउँपालिका–१ हाडीचारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार दुर्घटनामा सल्यान जिल्ला त्रिबेणी गाउँपालिका–३ टोटके निवासी करिव ५० बर्षीय यामबहादुर केसीको मृत्यु भएको छ । प्रहरी उपरीक्षक तिमल्सिनाका अनुसार दुर्घटनापछि जीपले च्यापिएर केसीको मृत्यु भएको हो ।

जीपमा सवार अन्य आठ जना रहेको उनीहरुको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । प्रारम्भीक अनुसन्धानका क्रममा अप्ठेरो बाटोमा तीव्र गतीमा रहेको जीव कन्ट्रोल नभएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]