पर्सा । विशेष सूचनाको आधारमा यस कार्यालय मातहतहरुबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरुबाट नियन्त्रणमा लिएको अ.मु.रू.२,७५,०००।-( दुई लाख पचहत्तर हजार ) बराबरको विभिन्न किसिमका लत्ताकपडाहरु आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने कार्य भैरहेको ।
पक्राउ गर्ने प्रहरी इकाईः- जि.प्र.का.पर्सा ।
मिति २०८१।०४।२० गते अं.१४:३० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ५ रेशमकोटी स्थित सडकखण्डबाट अ.मु.रू. २,००,०००।- (दुई लाख) बराबरको कुर्ता सुरूवालहरू नियन्त्रणमा ।
पक्राउ गर्ने प्रहरी इकाईः- व.प्र.का.विर्ता पर्सा ।
मिति २०८१।०४।२० गते अं.१५:४५ बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ५ रामटोल स्थित सडकखण्डबाट अं.मु.रु.५०,०००।- (पचास हजार) बराबरको कपडाहरू नियन्त्रणमा ।
पक्राउ गर्ने प्रहरी इकाईः- प्र.चौ.गणेशटोला पर्सा ।
मिति २०८१।०४।२० गते अं.१२:३० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१६ वैष्णो देबी मन्दिर स्थित सडकखण्डबाट अं.मु.रु.२५,०००।- (पचिस हजार) बराबरको कपडाहरू नियन्त्रणमा ।