२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

एआईजी थापा र डिआईजी शर्मा विभिन्न काठमाडौं प्रहरी शाखाहरुको निरीक्षण भ्रमणमा

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन २१, २०८१

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाबाट यस कार्यालयको बिभिन्न शाखाहरु,हिरासत कक्ष लगायतको निरीक्षण गर्नुभई यस जिल्ला प्रहरी परिसर ललितपुरबाट सम्पादित पछिल्लो गतिविधीहरुको बारेमा जानकारी लिनुका साथै परिसर तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अहिलेको सुरक्षा चुनौतीलाई मध्यनजर

गर्दै अवलम्वन गरिनु पर्ने प्रहरी काम कारवाही तथा रणनिती , प्रहरीको अनुसाशन तथा आचरण व्यबहार, सेवा प्रवाह तथा नागरिक मैत्री व्यवहार , Chain of command , विपत उद्दारको अवस्थामा गर्नु पर्ने काम तथा सहाकार्य र समन्वय लगायतका अन्य समसामयिक विषयहरुमा आवश्यक निर्देशन दिनु भई प्र.अ.म.नि.दिपक थापाज्यूद्धारा QRT टोलीलाई Body Worn Camera हस्तानतरण गर्नु भई यस परिसरको हाता भित्र बृक्षारोपण समेत गर्नु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]