२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

बारा प्रहरीले १२ लाख भन्दा धेरैको भन्सार छलीका सामानहरु पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २२, २०८१

 

बारा । जिल्लाको विभिन्न ठाउँबाट प्रहरीले १२ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको जनाएको छ।

बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाका अनुसार, प्रहरीको विभिन्न यूनिटबाट खटिएको टोलीले प्याज र मोबाइलको डिस्प्लेसहित ट्रक नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले बीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको बा ३ ख ४९८६ नम्बरको यात्रुबाहक बसबाट ७ लाख ३३ हजार ५ सय रुपैयाँ बराबरको मोबाइल डिस्प्ले बरामद गरेको हो।

प्रहरीका अनुसार, यात्रुबाहक बसबाट ४८९ पीस मोबाइल डिस्प्ले फेला परेको छ। यसैगरी, पथलैया चोकबाट कास्कीतर्फ जाँदै गरेको प्रदेश नम्बर २–०३–००१ ख् ०९५६ नम्बरको ट्रकबाट भन्सार छलीका एक हजार किलो प्याज बरामद गरिएको छ। बारा प्रहरीले उक्त ट्रकबाट करिब ५ लाख रुपैयाँ बराबरको प्याज बरामद गरेको छ।

बरामद मोबाइल डिस्प्ले र प्याज थप अनुसन्धानका लागि पथलैया राजश्व विभागमा पठाइएको बारा प्रहरीको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । नेपाल प्रहरीको प्रदेश समन्वय विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) डम्बर बहादुर वि.क.ज्यूले सुर्खेत जिल्लास्थित सुरक्षा बेस क्याम्प गुमीको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ। *निरीक्षणका मुख्य पक्ष:* 1. *वस्तुस्थिति अनुगमन*: क्याम्पको भौतिक संरचना, जनशक्ति व्यवस्थापन, हातहतियार, सञ्चार उपकरण र लजिस्टिक अवस्थाबारे जानकारी लिनुभयो। 2. *सुरक्षा ब्रिफिङ*: क्याम्प इन्चार्जबाट क्षेत्रको शान्ति सुरक्षाको अवस्था, […]

पर्सा । *घटना विवरण:* *स्थान*: वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट – *मिति*: हालै – *पक्राउ*: सशस्त्र प्रहरी बल, नेपाल *पक्राउ परेका:* 1. *सागर घिमिरे*, अन्दाजी २० वर्ष – मकवानपुर हेटौंडा उपमहानगरपालिका–११, सिमलटार 2. *पूजा जिम्बा*, अन्दाजी २३ वर्ष – सोही ठेगाना *कसरी समातिए:* भारतबाट अटोमा नेपाल प्रवेश गर्दै गरेका दुवै जनालाई भन्सार गेटमा सशस्त्र प्रहरीले कुकुरसहित […]

बाँके । नेपालगन्ज नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशन गर्दै बाँकेमा छोटी भन्सारको संख्या ७ बाट घटाएर १ मात्रै कायम गरेको छ। अब बाँकेमा *नरैनापुर छोटी भन्सार* मात्रै सञ्चालनमा आउनेछ। *पहिले के थियो:* सशस्त्र द्वन्द्वकालअघि बाँकेमा ७ वटा छोटी भन्सार कार्यालय थिए: 1. सुइया बघौडा 2. नरैनापुर 3. भगवानपुर 4. खडैचा 5. […]

error: Content is protected !!