२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

कम्पनीको नाममा अवैध धन्दा गरेको आरोपमा ९ जना भारतीय नागरिक हेटौंडाबाट पक्राउ बागमती । हेटौंडा उपमहानगरपालिका–४ पारिजात पथमा मेडी असिस्ट कम्पनीको कार्यालय स्थापना गरी अवैध कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले कम्पनीको ल्यापटप ७ थान, राउटर ३ थान, मोबाइल १३ थान, हार्डडिस्क १ थान, हेडफोन ४ थान, वेभ क्यामेरा १ थानलगायत सामानहरू बरामद गरेको छ । अवैध धन्दा गरेको कसुरमा पक्राउ पर्नेमा भारत पटना थाना आलमगन्जका ५७ वर्षीय नवनित कुमार, झारखण्डका २७ वर्षीय शाहरूख खान, विहारका २९ वर्षीय कुन्दन कुमार, उत्तराखण्डको नैनितालका २६ वर्षीय आशिष कब्डौला, राँची, झारखण्डका ३४ वर्षीय विशाल कक्कड, कुमार दुवे, विकासकुमार सिंह र नांगलोड वेस्टी देल्हीका अरुण कुमार, वैशाली गाजियावाद उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मालाई पक्राउ गरेको हो । हेटौंडा उपमहानगरपालिकामा मेडी असिस्ट कम्पनी दर्ता गरी मानव स्वास्थ्यसम्बन्धी अन्य सेवा प्रदान गर्ने गरी राजस्व कार्यालयमा प्यानमा दर्ता गरेका थिए । १२ भारतीय नागरिक मिलेर उक्त कम्पन्न खोलेका थिए । तीन जना अझै फरार रहेको बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । भारतको राँचीस्थित हेड अफिसमा मेन सर्भर राखी काम गर्ने गरेको प्रहरीले बताएको छ । कम्पनीबाट हुने गरेका कुनै पनि काम–कारबाहीको डाटा नेपालमा नराखी भारतस्थित हेड अफिसको सर्भरमा राख्ने गरेको पनि खुलेको छ । जुन उद्देश्यले कम्पनी दर्ता गरिएको थियो, सो अनुसारको कुनै पनि कार्य अहिलेसम्म नगरिएको प्रहरीको दाबी छ । निज प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम दण्ड सजाय हुने प्रहरीले जनाएको छ ।

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २३, २०८१

कम्पनीको नाममा अवैध धन्दा गरेको आरोपमा ९ जना भारतीय नागरिक हेटौंडाबाट पक्राउ

बागमती । हेटौंडा उपमहानगरपालिका–४ पारिजात पथमा मेडी असिस्ट कम्पनीको कार्यालय स्थापना गरी अवैध कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले कम्पनीको ल्यापटप ७ थान, राउटर ३ थान, मोबाइल १३ थान, हार्डडिस्क १ थान, हेडफोन ४ थान, वेभ क्यामेरा १ थानलगायत सामानहरू बरामद गरेको छ ।

अवैध धन्दा गरेको कसुरमा पक्राउ पर्नेमा भारत पटना थाना आलमगन्जका ५७ वर्षीय नवनित कुमार, झारखण्डका २७ वर्षीय शाहरूख खान, विहारका २९ वर्षीय कुन्दन कुमार, उत्तराखण्डको नैनितालका २६ वर्षीय आशिष कब्डौला, राँची, झारखण्डका ३४ वर्षीय विशाल कक्कड, कुमार दुवे, विकासकुमार सिंह र नांगलोड वेस्टी देल्हीका अरुण कुमार, वैशाली गाजियावाद उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मालाई पक्राउ गरेको हो ।

हेटौंडा उपमहानगरपालिकामा मेडी असिस्ट कम्पनी दर्ता गरी मानव स्वास्थ्यसम्बन्धी अन्य सेवा प्रदान गर्ने गरी राजस्व कार्यालयमा प्यानमा दर्ता गरेका थिए । १२ भारतीय नागरिक मिलेर उक्त कम्पन्न खोलेका थिए । तीन जना अझै फरार रहेको बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

भारतको राँचीस्थित हेड अफिसमा मेन सर्भर राखी काम गर्ने गरेको प्रहरीले बताएको छ । कम्पनीबाट हुने गरेका कुनै पनि काम–कारबाहीको डाटा नेपालमा नराखी भारतस्थित हेड अफिसको सर्भरमा राख्ने गरेको पनि खुलेको छ ।

जुन उद्देश्यले कम्पनी दर्ता गरिएको थियो, सो अनुसारको कुनै पनि कार्य अहिलेसम्म नगरिएको प्रहरीको दाबी छ । निज प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम दण्ड सजाय हुने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]