२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

साथीसंग मनका कुरा एसएसपी बिश्वराज अधिकारीको (निराकार) (गजल) काठमाडौं । जब बिहानी हुन्छ चिसो बतासले यसरी छुन्छ सूर्यको रक्तिमा लालीभरी प्रेमिल रंगहरु मिसाएर तिम्रो मीठो आभाषले आउ अब उठ भन्छ चेतनामा आफैलाई खोज्ने अभियानमा मनको बाटोमा समयले कति औंला गन्छ अनुभूतीको भण्डारबाट निराकार साकार स्वरुपहरुलाई केलाउँदै चित्ताकाशमा मनले मनसंग किन किन खै के के भन्छ ! तर त्यही मनको मौन साक्षी बनेर मन देखि अन्तरमनसम्मको यात्रामा तिमी मेरो सबैभन्दा प्यारो साथी हौ भन्छ शब्दहरुमा व्यक्त गर्न सकिने भए मनका भावहरु तिमी त अझ साथीभन्दा माथि हौ भन्छ तिमी छौ र त यो सांसारिक कोलाहल परको एकान्तमा पनि केवल एक मात्र तिम्रो भर छ त्यसैले त तिम्रै लागि फेरि फेरि मेरो कविता बन्छ !! तिमी पवनसरी मेरो कण कणमा चलीराख्नु आत्मविश्वास म आफ्नो श्वासमा हेर्छु तिमी हरपल दीप बनी ह्रदयमा मेरो बलीराख्नु म अघि बढ्दै यो चाह मोक्षको प्रकाशमा फेर्छु म लेख्दै जान्छु तिमी लेखिदै जानु बस साक्षी बनी पढ्नु यो कस्तो कथा बन्छ साथीले नै त साथीसंग मनका कुरा भन्छ !!!

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २३, २०८१

साथीसंग मनका कुरा एसएसपी बिश्वराज अधिकारीको (निराकार) (गजल)

काठमाडौं । जब बिहानी हुन्छ चिसो बतासले यसरी छुन्छ सूर्यको रक्तिमा लालीभरी प्रेमिल रंगहरु मिसाएर
तिम्रो मीठो आभाषले आउ अब उठ भन्छ
चेतनामा आफैलाई खोज्ने अभियानमा
मनको बाटोमा समयले कति औंला गन्छ
अनुभूतीको भण्डारबाट निराकार साकार
स्वरुपहरुलाई केलाउँदै चित्ताकाशमा
मनले मनसंग किन किन खै के के भन्छ !

तर त्यही मनको मौन साक्षी बनेर
मन देखि अन्तरमनसम्मको यात्रामा
तिमी मेरो सबैभन्दा प्यारो साथी हौ भन्छ
शब्दहरुमा व्यक्त गर्न सकिने भए मनका भावहरु
तिमी त अझ साथीभन्दा माथि हौ भन्छ
तिमी छौ र त यो सांसारिक कोलाहल परको
एकान्तमा पनि केवल एक मात्र तिम्रो भर छ
त्यसैले त तिम्रै लागि फेरि फेरि मेरो कविता बन्छ !!

तिमी पवनसरी मेरो कण कणमा चलीराख्नु
आत्मविश्वास म आफ्नो श्वासमा हेर्छु
तिमी हरपल दीप बनी ह्रदयमा मेरो बलीराख्नु
म अघि बढ्दै यो चाह मोक्षको प्रकाशमा फेर्छु
म लेख्दै जान्छु तिमी लेखिदै जानु
बस साक्षी बनी पढ्नु यो कस्तो कथा बन्छ
साथीले नै त साथीसंग मनका कुरा भन्छ !!!

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]