२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

५ के.जी.गाँजासहित दुईजना पक्राउ

Logo
रोशन निधी प्रकाशित बिहिबार, साउन २४, २०८१

 

पर्सा । सखुवाप्रसौनी गाउपालिका वडा नं. ५ सोलखपुर स्थित बिशेष सुचनाको आधारमा मिति २०८१-०४-२२ गते अन्दाजि १३:०० बजेको समयमा महुवन पर्टेवासुगौली सडक खण्डमा पर्टेवासुगौलीबाट महुवन तर्फ आउदै गरेको ना ३८ प १८२५ नम्बरको मो.सा.लाई यस कार्यालय मातहत प्रहरी चौकी महुवन पर्साबाट खटिएको चेकिङ टोलीले उक्त मोटरसाईकल रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा मोटरसाईकल चालक जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३३ को बालेश्वर प्रसाद यादवले आफ्नै शरिरमा लुकाई छिपाई राखेको लागु औषध गाँजा २.५ के.जी. र पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष ५५ को देबेन्द्र यादवले आफ्नो शरिरमा लुकाई छिपाई राखिएको लागु औषध गाँजा २.५ के.जी. गरी जम्मा लागु औषध गाँजा ५ के.जी.फेला परेको हुँदा उल्लखित परिमाणको गाँजा र निजहरूले चलाइ ल्याएको ना ३८ प १८२५ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दिपक भारतीले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]