२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राजपुर गाउपालिका वडा नम्बर -७ जेलबाङ खोला नाकामा २ जनाको मृत्यु

Logo
सागर रोका प्रकाशित बिहिबार, साउन २४, २०८१

 

दाङ । देउखुरी सामान्य जरो र टाउको दुखाइ जस्ता रोग बाट दुई जना महिलाको मृत्यु भएको छ । सामान्य ज्वरो र टाउका दुखाइ रहेको १५ वर्षीय कृष्णा बुढालाई उपचारको लागी छिमेकी राष्ट्र भारतको सिरसिया अस्पताल लगिएको र उपचार गरेर घरमा ल्याएको केहि दिन पछि साउन १७ गते उनको मृत्यु भएको थियोे । त्यस्तै सोही गाउँको दिलसा बुदा लाई पनि सोही लक्षण देखा परेपछि गाउमै रहेको स्वास्थ्य चौकी लगिएको थियोे । स्वस्थ्य चौकी बाट स्वास्थ्यमा सुधार नभए पछि दिलसा लाइ उपचारको लागी भारतको बाटो हुँदै नेपालगन्जको नर्सिङहोम हस्पिटलमा लगिएको थियोे । नेपालगन्ज नर्सिङ अस्पतालमा २२ गते उनको पनि मृत्यु भएको राजपुर गाउँपालिका वडा नम्बर ७ का कार्यपालिका सदस्य सन्देश बि.कले जानकारी दिएका थिए ।

नाका क्षेत्रमा अत्याधिक गर्मी र लगातार परेको अविरल वर्षाको झरीले गर्दा बिरामीको संख्या बढे पछि राजपुर गाउँपालिका बाट स्वस्थ्यकर्मी कमल रोका नेतृत्वको पाँच ५ जनाको टोलि परिक्षणको लागी बुधबार नाका पुगेको राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुदाथोकीले जानकारी दिनु भएको छ । प्राय जसो नाका क्षेत्रमा खोलाको पिउने पानी प्रदुषित भएको पानी पिउने र जंगली लामखुट्टेको टोकाइको कारण मलेरिया भएर बिरामी भएको हुन सक्ने स्थानीय वासी पुर्ण रोकाको भनाइ छ ।
मृत्यु भएका कृष्णा र दिलसा एकै घरका नन्द भाउजू रहेको स्थानीय बालाराम गिरिले बताउनुभयो । त्यस क्षेत्रमा यस्ता बिरामी धेरै रहेको बताइएको छ ।
राजपुर गाउँपालिका अन्तर्गत नाका क्षेत्रमा भनेको जस्तो यातायात सेवा स्वास्थ्य सेवा सुबिधा नहुदा नाका बासीले अकालमै ज्यान गुमाउनु परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले मानवअधिकारका लागि प्रदेश समन्वय समितिको सदस्यमा केशव भुसाललाई मनोनीत गरेको छ । यसअघि नागरिक समाजको रुपमा काम गर्दै आएका भुसाललाई नागरिक समाज तथा मानवअधिकार दुबै जिम्मेवारी सम्हाल्नेछन् । लुम्बिनी प्रदेशको राजधानी केन्द्रका रूपमा रहेको राप्ती गाउँपालिका – १, पाखापानी निवासी भुसाल नेपाल सरकारबाट स्वीकृत पाँच वर्षका लागि मानवअधिकार सम्बन्धि […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]